स्वास्थ्य

वैशाखदेखि आकस्मिक सेवा सुरु गर्दै पोखरा शिक्षण अस्पताल

पाेखरा, ९ चैत । पोखरा विश्वविद्यालयले संचालन गर्न लागेकाे पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने भएको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकाेमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई… पुरा पढौ

रामपुर अस्पतालको सेवा विस्तार हुँदै

रामपुर, ७ चैत । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ । सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका–१… पुरा पढौ

१८ पुगे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, ६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ३ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २०३ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा १ हजार ६५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना… पुरा पढौ

कोरोनाका २ सङ्क्रमित थपिए, ४ जना डिस्चार्ज

काठमाडौं, ५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरी १८३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा देशभरबाट ४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ मा पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा… पुरा पढौ

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

वीरगञ्ज, ४ चैत । सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ । हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो । छाडा कुकुरलाई दैनिक सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए।… पुरा पढौ

स्वास्थ्य जोखिममा पारेर गर्भपतन गराउने बढे

बागलुङ, ३ चैत । अहिले बजारका औषधि पसलमा गर्भपतन गराउने औषधि छ्याप्छ्याप्ति पाइन्छन् । कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो । तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन् । पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६-७७ मा ५ सय ७६ जनाले गर्भपतन गराएका थिए… पुरा पढौ

थपिएनन् कोरोना सङ्क्रमित, २ जना डिस्चार्ज

काठमाडौं, २ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कुनै नयाँ कोरोना सङ्क्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार १०१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये कसैमा पनि सङ्क्रमण पुष्टि नभएको हो । ९३ जनाको पीसीआर परीक्षण गरिएकामा शून्य जनामा तथा १ हजार ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पनि शून्य जनामा नै सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्… पुरा पढौ

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

मङ्गलबारे, २ चैत। सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो । चैत ३ गतेदेखि चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत यो खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार यो खोप सबैले लगाउन मिल्ने बताए। उनले १२ वर्षमाथिमा सबैलाई खोप दिइने बताए। गर्भवती महिला, दीर्घ रोगीलगायतले समेत यो खोप लगाउन मिल्छ ।… पुरा पढौ

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पाेखरा, २ चैत । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको… पुरा पढौ

कोरोनाका ४ सङ्क्रमित थपिए, २ जना डिस्चार्ज

काठमाडौं, १ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९५० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । १३३ जनाको पीसीआर परीक्षण गरिएकामा ४ जनामा तथा ८१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ