स्वास्थ्य

प्रतिभा उच्च माविमा मनिपालले आयोजना गर्यो निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १ चैत । पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परीक्षण गराएका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दाँतको परीक्षण गराएका थिए । परीक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ । मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परीक्षण गर्ने आउने बिरामीलाई निःशुल्क आवश्यक औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा… पुरा पढौ

कोरोनाका २ सङ्क्रमित थपिए, १ जना डिस्चार्ज

काठमाडौं, ३० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार १४६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको हो । २८८ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा ८५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको… पुरा पढौ

३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

सर्लाही, ३० फागुन । सर्लाहीको बागमती नगरपालिका–८ स्थित शङ्करपुरमा ३ सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरुको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार जिल्लाको क्षेत्र नं ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा करिब ५ हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै मोतिविन्दुको समस्या देखिएका ३ सय ९७ जनाको निःशुल्क… पुरा पढौ

कोरोनाका २ सङ्क्रमित थपिए, १ जना डिस्चार्ज

काठमाडौं, २८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार १८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको हो । १२८ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा ८९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित १५ पुगे

काठमाडौं, २८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ८९० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । ३२५ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा १ हजार ५६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पनि शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट कुनै कोरोना सङ्क्रमित निको भएर घर फर्केका छैनन् ।… पुरा पढौ

‘सिकलसेल एनिमिया’ रोगबाट १५ जिल्ला प्रभावित

धनगढी, २८ फागुन । पश्चिम तराईका कपिलवस्तुदेखि कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले प्रभावित बनेका छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकहरुले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल भएको छ । १६ विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ । फिजीसिएन चिकित्सकहरूको… पुरा पढौ

वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्दै डा रेग्मी

चितवन, २७ फागुन । सामान्यतया ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया गर्न धेरै चिकित्सक हच्किन्छन् । परिवारले पनि त्यति धेरै वृद्धावस्थामा मुटुको शल्यक्रिया गर्न महत्व दिँदैनन् तर, चितवनका एक चिकित्सक भने वृद्धवृद्धाको मुटुको जटिल शल्यक्रिया गर्दै आएका छन् । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मी आफूले गरेका शल्यक्रियामध्ये ३० प्रतिशत ७५ वर्षमाथिका रहेको बताए। एक दिनको शिशुदेखि ९५ वर्षका वृद्धको समेत आफूले मुटुको शल्यक्रिया गरेको उनको भनाइ छ । सन् २००२ देखि १० वर्ष काठमाडौैँको गङ्गालाल हृदयरोग केन्द्रमा काम… पुरा पढौ

थपिएनन् कोरोनाका नयाँ सङ्क्रमित, १ जना डिस्चार्ज

काठमाडौं, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना सङ्क्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ५१८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये कसैमा पनि सङ्क्रमण पुष्टि नभएको हो । १११ जनाको पीसीआर परीक्षण गरिएकामा शून्य जनामा तथा ४०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पनि शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

‘हजार दिने आमा’लाई निःशुल्क पोषणयुक्त सामग्री

अर्घाखाँची, २६ फागुन । अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । क्याल्सियमको कमी भई बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो । वडाध्यक्ष पौडेलका अनुसार  पोषणयुक्त सामग्रीअन्तर्गत ४० जना आमालाई एक क्यारेट अण्डा र सुत्केरी महिलालाई एक–एकवटा तौलिया वितरण गरिएको थियो । वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य… पुरा पढौ

विश्व मृगाैला दिवसका अवसरमा दिर्घायु हस्पिटलकाे निशुल्क स्वास्थ्य शिविर तथा डायाेलाेसिस् सेवा सुभारम्भ

पाेखरा, २५ फागुन । विश्व मृगाैला दिवसका अवसरमा पाेखराकाे दिर्घायु पाेखरा हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ। 'सम्पुर्णका लागी मृगाैला' भन्ने नाराका साथ अायाेजित शिविरमा ३० बर्ष भन्दा माथिका ११२ जनाले स्वास्थ्य परिक्षण गराइ लाभ लिएकाे बताइएकाे छ । साे अवसरमा हस्पिटलले ल्याब टेष्ट अन्तरगत मृगाैला सम्बन्धि निशुल्क रगत जाँच समेत गरेकाे थियाे । मृगाैला दिवसकै अवसरमा दिर्घायु हस्पिटलले मेशिनबाट गरिने डायाेलाेसिस् सेवाकाे समेत सुभारम्भ गरेकाे डा क्लारा पाैडेलले बताइन । उक्त डायाेलाेसिस् सेवाकाे डा बद्री पाैडेलले सुभारम्भ गरेका… पुरा पढौ