अन्तर्राष्ट्रिय 🗺

सबल एवम् एकताबद्ध राष्ट्रसङ्घमा विश्वनेताको जोड

संयुक्त राष्ट्रसङ्घ, १९ कात्तिक । नेल्सन मण्डेलाद्वारा स्थापित ‘द एल्डर्स’ समूहसँग आबद्ध विश्वका प्रबुद्ध पूर्व नेताहरूले विश्वका विभिन्न भागमा बढिरहेको सङ्कट तथा विविध चुनौतीको सामान गर्न राष्ट्रसङ्घ सबल एवम् एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । विश्व सङ्कट समाधानका निम्ति केन्द्रीय भूमिका निर्वाह गर्न चाहेमा राष्ट्रसङ्घ अझ सबल हुनुपर्ने अभिमत उनीहरूले व्यक्त गरेका हुन् द एल्डर्स भनेर चिनिने समूहका पूर्व विश्व नेताहरूले एसोसिएटेड प्रेसका कार्यकारीहरूसँगको भेटमा उनीहरूले संयुक्त राष्ट्रसङ्घको सबैभन्दा शक्तिशाली अङ्ग सुरक्षा परिषद्ले ‘भिटो’को पक्षघाती प्रभावलाई सम्बोधन गर्न आवश्यक भएको… पुरा पढौ

अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता

वाशिङ्गटन, १९ कात्तिक । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेटवार्ता गरेका छन् । रुसी आक्रमणका बीचमा अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ। "राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षा मन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग आज कीभमा भेटवार्ता गरेको र युक्रेन र त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छ" राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले… पुरा पढौ

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

मस्को, १९ कात्तिक । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो। आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटना बारे अनुसन्धान जारी छ भने विस्तृत विवरण… पुरा पढौ

दक्षिण कोरियामा ४३ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

सोल, १८ कात्तिक । दक्षिण कोरियामा २४ घण्टा अर्थात बिहीबार मध्यरातसम्म ४३ हजार चार सय ४९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ४६ हजार आठ सय ९६ बाट कम भएर ४३ हजार चार सय ४९ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी… पुरा पढौ

मस्कले आजबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने

वाशिङ्टन डीसी, १८ कात्तिक । हालै ४४ अर्ब डलरमा ट्विटर किनेका स्पेसएक्सका मालिक एलन मस्कले आज शुक्रबारबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने भएका छन् । यसअघि कम्पनी आधिकारिक रुपमा आफ्नो हातमा परेसँगै मस्कले कम्पनीका सीइओ पराग अग्रवाल, सीएओ नेड सहगल तथा कानुनी तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । त्यसपछि नयाँ निर्देशक तथा मुख्य कार्यकारी बनेका मस्कले कम्पनीका सबै बोर्ड सदस्यलाई बर्खास्त गरेर एकल रुपमा कम्पनीको बोर्ड सदस्य बनेका थिए । उनले त्यतिबेलै कम्पनीका सबै पुराना उच्च पदस्थ… पुरा पढौ

इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डा र यसका छिमेकी देशहरुलाई आर्थिक अभाव

कम्पाला, १८ कात्तिक। इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो । युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले संसदमा बोल्दै यहाँ इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिए। उनले पछिल्लो समयमा इबोलाको प्रकोपले देशको स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको भन्दै यसका लागि सो रकम आवश्यक परेको र यसबाट इबोलाको… पुरा पढौ

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

आदिअबाबा, १८ कात्तिक । इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ । दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको हो । इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो । युद्धविरामको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले पनि बिहीबार स्वागत गरेका थिए । उनले युद्धविरामको समय लम्ब्याउन र यसैमार्फत् इथियोपियामा शान्ति स्थापनार्थ सबैको सहयोगका लागि आग्रह गरेका थिए ।   दक्षिण अफ्रिकाको प्रिटोरियामा इथियोपिया सरकारका प्रतिनिधि र यहाँको टिगरे… पुरा पढौ

चिनियाँ राष्ट्रपति सीद्वारा फिलिपिन्सको आँधीप्रति दुःख व्यक्त

बेइजिङ, १७ कात्तिक । चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार फिलिपिन्समा आएको आँधीका कारण भएको ठूलो मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई सन्देश पठाउनु हुँदै राष्ट्रपति सीले दुःख व्यक्त गरेका हुन्। सन्देशमा राष्ट्रपति सीले उष्णकटिबंधीय आँधीबाट भएको ठूलो मानवीय एवं भौतिक क्षतिले आफू स्तब्ध भएको र चिनियाँ सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरेको बताए। राष्ट्रपति सीले त्यहाँको सरकार र जनताले विपद्लाई पार लगाउँने र पुनर्निर्माण गर्ने कुरामा आफूलाई विश्वस्त रहेको पनि बताए छ।… पुरा पढौ

यूरोपमा आगामी बर्ष ग्यासको अभाव हुनसक्ने : आईईए

पेरिस, १७ कात्तिक । युक्रेन युद्धका कारण रूसले ग्यासको आपूर्तिमा कटौती गरिरहेको अवस्थामा युरोपले अर्को वर्ष प्राकृतिक ग्यासको अभाव हुन नदिन तत्काल कदम चाल्नुपर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बिहीबार चेतावनी दिएको छ । सन् २०२३ को ग्रीष्मऋतुमा आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन र भण्डारण स्थललाई पर्याप्त मात्रामा भर्न आवश्यक पर्ने ३० अर्ब घनमिटर ग्यास अभाव हुन सक्ने पेरिसस्थित एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ । आईईएका अनुसार यदि रूसले पाइपलाइनमार्फत् हुने इन्धन आपुर्तिलाई पूर्ण रूपमा बन्द ग¥यो र चीनले तरलीकृत प्राकृतिक ग्याँसको… पुरा पढौ

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई कसले हान्यो गोली?

लाहोर, १७ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि केही समयअघि गोली प्रहार भएको छ । गोली लागेपछि पूर्व प्रधानमन्त्री खान घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार पाकिस्तानको गुजरनवालामा रहेको अल्लाहवाला चोक नजिकै र्यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा खान रहेका कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेपछि समर्थकहरुलाई हात हल्लाउँदै इमरान खान उक्त गोलीकाण्डमा पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई… पुरा पढौ