अन्तर्राष्ट्रिय 🗺

१० बर्षसम्म आमाको शवलाई फ्रिजमा लुकाउने’ जापानी महिला पक्राउ

टोकियो, १७ माघ । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन् । प्रहरीले एएफपीसँग भन्यो, “४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको छ ।” महिलाको… पुरा पढौ

ब्राजिलमा दुई लाख २२ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ । यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।… पुरा पढौ

हङ्गेरीमा कोरोनाविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने

बुडापेष्ट, १७ माघ । हङ्गेरीमा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ । हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । हङ्गेकरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले भने, “राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टीच्युडले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ ।” यस बाहेक हङ्गेरीमा फाइजर बायोएनटेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि… पुरा पढौ

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि आग्रह

बेइजिङ, १७ मााघ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका सम्भावनाहरुको बारेमा थप आदानप्रदान गर्नका लागि विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको बताए । राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने बताए ।… पुरा पढौ

मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

रियाद, १७ माघ । साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो । साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो बर्षको… पुरा पढौ

संसद् अधिवेशको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोनाको खोप

याङगुन, १६ माघ । म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो । उनीहरुलाई भारतको सेरम इन्स्टीच्युट्ले उत्पादन गरेको कोभिशिल्ड खोप उनीहरुलाई लगाइएको अधिकारीहरुले जानकारी दिएका छन् । म्यानमारमा हालै निर्वाचन भएर सांसदहरु निर्वाचित भएका हुन् भने अर्को हप्ता पहिलो संसद् अधिवेशन शुरु हुन लागेको हो । सांसद बाहेक संसद्मा खटिने सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पदाधिकारीलाई समेत शनिबार कोरोना विरुद्धको खोप लगाइने… पुरा पढौ

कोरोनाको खोप सबैका लागि उपलब्ध होस्–महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ, १६ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । यसअघि जस्तै महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राखे । उनले भने, सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ । उनले भने, अबका कैयौँ महिनासम्म पनि यो प्राथमिकतामा नै… पुरा पढौ

५९ वटा मोबाइल एप्समाथि भारतीय निषेधबारे चीनको प्रतिक्रिया

पेचिङ, १६ माघ । भारतीय संचारमाध्यमले जनाए अनुसार, भारतीय इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो सूचना सार्वजनिक गर्दै आउने जुन महिनामा ५९ वटा मोबाइल चिनियाँ एप्समाथि स्थायी निषेध लगाइने भएकाे छ। तीमध्ये टिकटक, पाइतु, वीच्याट रहेका छन्। यस्तो कदमको प्रतिक्रिया जनाउँदै चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले भने, चिनियाँ कम्पनीलाई लक्षित जुनसुकै भेदभावपूर्ण निषेधको चीनले विरोध गर्दछ। प्रवक्ता काउले भने, चीन-भारत आर्थिक व्यापारिक सहयोगको राम्रो अवस्था दुवै मुलुकका जनताको साझा हितसँग अनुकूल छ। भारतले चीनसँगै एउटै दिशातिर बढ्दै चिनियाँ कम्पनी… पुरा पढौ

समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन

सारा हुसेन, टोकियो, १५ माघ । समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ । अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् । सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु (ओसियानिक ह्वाइटटिप) रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण… पुरा पढौ

युरोपमा भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगर्न डब्लुएचओको आग्रह

कोपेनहेगन, १५ माघ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियनत्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ । डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भने, “डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझैपनि यहाँको सङ्क्रमण दर धेरै रहेको छ ।” उनले भने, “कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण यूरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्नसक्छ र सेवाहरूलाई तनावपूर्ण… पुरा पढौ