अन्तर्राष्ट्रिय 🗺

चिन्ताः धनी मुलुकमा ३ करोड ९० लाख बढी, अविकसित मुलुकमा केवल २५ खोप लगाइयो

पेचिङ, ११ माघ । नयाँ कोरोना भाइरस खोप विश्वका लागि एक उत्साहजनक कुरा हो। तापनि यस खोपको प्रयोगमा गरिबी र धनीबीचको भिन्नता नै समस्या रहेको छ। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टान देसाईले जानकारी दिएअनुसार ४९ वटा धनी मुलुकमा ३ करोड ९० लाखभन्दा बढी खोप लगाइएको छ। तर अविकसित मुलुकमा केवल २५ खोप लगाइयो। गुयनामा राष्ट्रपति लगायत केवल २५ जनताले खोप लगाएका छन्। जसबाट हेर्दा यो संसार नैतिकता हराएको विनाशकारी दुर्घटनाको नजिक पुगेको भन्दै महाप्रबन्धकले चिन्ता प्रकट गर्नुभएको छ। उहाँको चिन्ता… पुरा पढौ

एउटै दिशातर्फ हिँडेमा चीन-अमेरिका सम्बन्ध सामान्य अवस्थामा फर्किने

पेचिङ, १० माघ । अमेरिकी नयाँ राष्ट्रपति जोसेफ बाइडेनले सपथ ग्रहण गरेका छन् । नयाँ अमेरिकी सरकारले चीनका लागि कस्तो नीति ल्याउने भन्ने कुरा विश्वव्यापी चासाे बढेकाे छ । वितेका चार वर्षमा चीन र अमेरिकाबीचको सम्बन्धले कठिन अवधि पार गरेको छ। केही अमेरिकी राजनीतिज्ञहरुले चीनलाई सबभन्दा खतराको रुपमा लिँदै चीनको राजनीतिक प्रणालीलाई बदनाम गर्नुका साथै चिनियाँ व्यवसायमाथि नाकाबन्दी लगाएका थिए। जसले यी दुबै मुलुकबीचको राजनीतिक विश्वासलाई गम्भीर रुपमा ध्वस्त पार्नुका साथै विश्वको शान्ति तथा स्थिरतालाई अराजक बनाएको छ। जटिल परिस्थिति… पुरा पढौ

श्रीलङ्काद्वारा कोभिडका कारण बन्द भएका सीमा सबै देशका लागि खुला

कोलम्बो, ९ माघ । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको त्यहाँको पर्यटन मन्त्रालयले बिहीबार जानकारी गराएको छ । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ । यस अघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो । श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो… पुरा पढौ

भारतमा कोभिड-१९ को कारण मृत्यु हुने संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली, ९ माघ, भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ५४५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजार ४२८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई… पुरा पढौ

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्किने आशाः चीनको परराष्ट्र मन्त्रालय

पेचिङ, ९ माघ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन र अमेरिका दुवै पक्षको संयुक्त प्रयासमा दुई देश सम्बन्धमध्ये दयालु परीले दुष्ट्याइँलाई जित्नसक्ने विचार व्यक्त गरेका छन्। आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्त ह्वाले अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनको सपथ ग्रहणप्रति बधाइ ज्ञापन गर्नुका साथै राष्ट्रपति बाइडेनले देशको प्रशासनमा सफलता प्राप्त गर्नसक्ने आशा चीनले लिएको बताए । प्रवक्ता ह्वाले सपथग्रहण कार्यक्रममा राष्ट्रपति बाइडेनले एकताको कुरा दोहोर्याएको र यो नै वर्तमान चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै आवश्यक भएको कुरा पनि हो भने। चीन,… पुरा पढौ

बाइडेन र ह्यारिसलाई विश्वका नेताहरुले दिए बधाईः मिलेर काम गर्न इच्छुक

पेरिस, ८ माघ । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् । विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिएका छन् । युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीट मार्फत बधाई दिँदै भने, “युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।” युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भनिन, “नयाँ… पुरा पढौ

काेरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

लन्डन, ८ माघ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् । यसैगरी अधिकारीहरुले दिएको जानकारीअनुसार हालसम्म ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको… पुरा पढौ

ह्वाइट हाउसको कमाण्ड सम्हाले बाइडेनले

बोस्टन, अमेरिका, ८ माघ । जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा पदभार ग्रहण गरेका छन् । क्यापिटल हिल प्रांगणमा बुधबार मध्यान्ह आयोजित भव्य सपथ ग्रहण समारोहलगत्तै बाइडेनले राष्ट्रपतिका रुपमा ह्वाइट हाउसको कमाण्ड सम्हालेका हुन् । बाइडेनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराए । बाइडेनसँगै कमला ह्यारिसले इतिहास रच्दै उपराष्ट्रपतिको सपथ लिएकी छन् । उनी अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति हुन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण समारोहमा बाइडेनले यो दिन अमेरिकाको… पुरा पढौ

आजबाट अमेरिका ४६ औं पृष्ठमा, ४५ औं पृष्ठको कालो दाग

बोस्टन, अमेरिका, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले आज पदभार ग्रहण गर्दैछन् । क्यापिटल हिलमा सपथ ग्रहण समारोहपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन् । उनले आजै करिब १५ वटा कार्यकारी आदेश जारी गर्ने अपेक्षा छ । जसमा धेरैजसो डोनाल्ड ट्रम्पका गलत नीति र आदेशहरु उल्ट्याउने छन् । जसमा कोरोना महामारीका कारण सृजित समस्यालाई सम्बोधन गर्नेदेखि खोपको तीब्र वितरण पार्नेसम्म र करको दर परिवर्तनदेखि आप्रबासी नीति र जलवायु परिवर्तनसम्मका आदेश पर्ने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्… पुरा पढौ

जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

हरारे, ७ माघ । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ । “मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उनलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,”… पुरा पढौ