अन्तर्राष्ट्रिय 🗺

महामारी प्रति अमेरिकी दृष्टिकोण स्वयं र विश्वका लागि गैरजिम्मेवारपूर्ण

पेचिङ, २० पुस । सन् २०२१ जनवरी १ तारिखसम्म अमेरिकामा नयाँ कोरोना भाइरस संक्रमितको संख्या २ करोड भन्दा बढी भएको पुष्टि भएको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकका अनुसार सन् २०२० को जनवरी २१ मा अमेरिकाले नयाँ कोरोनरा भाइरसको पहिलो पुष्टि भएको रिपोर्ट गरेको थियो। अप्रिल २८ सम्म, अमेरिकामा पुष्टि भएका घटनाहरूको संचयी संख्या १० लाख भन्दा बढी पुगेको थियो। अमेरिकामा संक्रमितको वृद्धिदर १ देखि १० लाख पुग्नलाई ९९ दिन मात्र लागेको थियो। त्यस बेलादेखि अमेरिकामा प्रत्येक १० लाख संक्रमित… पुरा पढौ

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा जवाफ पेश

काठमाडौं, २० पुस । राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ दर्ता भएको हो । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, “प्रतिनिधिसभा विघटन गर्नुका कारणबारे लिखित जवाफ विपक्षीहरुबाट आएर अदालतमा दर्ता भएको छ, तर त्यसमा के के लेखिएको छ भन्नेबारे अध्ययन गर्न बाँकी छ, अदालतबाट लिखित जवाफ सार्वजनिक गर्न सकिँदैन ।” प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार… पुरा पढौ

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

नयाँदिल्ली, १९ पुस । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ । कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो । खोपले कुनै… पुरा पढौ

भारतमा बायोटेकको काेराेना विरुद्धको खोप प्रयोगका लागि सिफारिस

नयाँ दिल्ली, १९ पुस । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोप भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ । विशेष सरकारी स्रोतले एएनआईलाई शनिबार दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ ।” डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन… पुरा पढौ

अमेरिकाले तीन चिनियाँ कम्पनीको शेयर कारोबार बन्द गर्ने

बोस्टन, अमेरिका, १८ पुस । सेनासँग सम्बन्ध भएको आरोप लागेका तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जको सूचीबाट निकालिने भएको छ । ट्रम्प प्रशासनले तारो बनाएका कम्पनीहरू चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार नहुने भएको छ। तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ। सूचीबाट हटाउने प्रक्रियालाई अमेरिका र चीनबीचको बढ्दो तनावको साङ्केतिक कारबाही मानिएको छ। तीनै कम्पनीको शेयर अमेरिकामा विरलै कारोबार हुनेमा पर्छ। राज्य… पुरा पढौ

चीन-युरोप लगानी सन्धि सम्झौता सफल भएको दाबी

पेचीङ, १८ पुस । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा जर्मनी चान्सलर एङ्गेला मर्केल, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, यूरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग भिडियो मार्फत् बैठक आयोजना गरे । उनीहरूले चीन र युरोपबीच लगानी सन्धिसम्बन्धी सम्झौता-वार्ता निर्धारित योजना बमोजिम पूरा भएको घोषणा गरे। सात बर्षमा ३५ चरणको वार्ता पछि, चीन-यूरोप लगानी सन्धिसम्बन्धी सम्झौता अन्ततः एक ठूलो सफलता हासिल भयो। विश्वव्यापी अर्थतन्त्रको गम्भीर प्रभावको सन्दर्भमा यो लगानी सम्झौताको वार्ता सम्पन्न हुनु पक्कै पनि… पुरा पढौ

२०२० फर्केर हेर्दा : कोरोना भाइरसको उत्पतिदेखि खोपको सुरुवातसम्म

बोस्टन, अमेरिका, १८ पुस । विशेषत: सन् २०२० विश्व महामारीकै वरिपरि रुमल्लिएरै बित्यो । मानव इतिहासकै सम्भवत् कहालीलाग्दो विश्व महामारीको रुपमा सिंगो एक वर्ष पुरै कोरोनाले आफ्नो पकडमा लियो । हुनत सन् २०१९ को डिसेम्बर अन्तिम सातातिर चीनको वुहान सहरमा अज्ञान रोग देखिएको गाइँगुइँ हल्ला चलेको हो । चीनले भने यसबारे तत्काल कुनै औपचारिक जानकारी दिएन डिसेम्बरको २४ मा यसको अपुष्ट खबर आउन थालेको थियो । अझै पनि चीनले यसबारे विश्वलाई थाहा दिने चाहेन । चीनले सुरुवातमा वास्तविकता लुकाएर स्थिति भयावह बनाएको भन्दै… पुरा पढौ

फ्रान्सले कोभिड-१९ नियन्त्रणका लागि १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप

पेरिस, १७ पुस । फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको घोषणा सरकारले गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ । देशको राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । “फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले… पुरा पढौ

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

जेनेभा, १७ पुस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड-१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देहरूकाे लागि फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट… पुरा पढौ

सिरियामा ३७ सैनिक मारिएका आइएसको दाबी

बेरुत, १७ पुस पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारबादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । मारिएका यी सेनाहरुमा ८… पुरा पढौ