अन्तर्राष्ट्रिय 🗺

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैंका लागि बन्द

सान फ्रान्सीस्को, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैंका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले उनको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उनले ट्वीटरमा राखेपछि नर्वत्र आलोचना भएको थियो । उनले… पुरा पढौ

मास्क लगाएका व्यक्तिलाई चिन्ने प्रविधिको विकास

बोस्टन, अमेरिका, २५ पुस । मास्क लगाएका मानिसलाई कसरी चिन्ने होला ? अझ अनुसन्धानमुलुक कार्यका लागि यो विषय कत्तिको चुनौतीपूर्ण रहेको होला ? यो धेरैले सोचेको विषय हो । तर अब यसको समाधान पनि एक नयाँ प्रविधिको विकासले गरिदिने भएको छ । जापानको प्रविधि कम्पनी एसइसीले हालै यो प्रविधि विकास गरि प्रयोगमा ल्याएको हो । यो ९९.९ प्रतिशत प्रभावकारी रहेको समेत दावी गरिएको छ । यो प्रविधिले अनुहारमा मास्कले नछोपेका भागको शुक्ष्म चित्र लिएर तुरुन्तै पहिचान गर्छ । जसमा आँखालाई… पुरा पढौ

ट्रम्पविरुद्ध दोस्रो महाअभियोग सोमबार

बोस्टन, अमेरिका, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदमा आगामी सोमबार महाअभियोग प्रस्ताव लैजाने तयारी थालिएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट ट्रम्पलाई बाँकी कार्यकाल अगावै पदमुक्त गर्ने प्रयासस्वरुप महाअभियोग प्रस्ताव आउन लागेको हो । आफ्नो कार्यकाल १० दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्पले सोमबार दोस्रोपल्ट महाअभियोगको सामना गर्नुपर्ने भएको छ । उनीविरुद्ध सन् २०१९ को डिसेम्बरमा पनि डेमोक्रेटिक दलले महाअभियोग लगाउन प्रस्ताव ल्याएका थिए । यद्यपि उक्त प्रस्ताव पारित भने भएन । गत बुधबार संसदका दुवै सदन चलिरहेको बेला उनका… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख भन्दा बढी

नयाँदिल्ली, २४ पुस । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड चार लाख १३ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख १३ हजार ४१७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहान जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २३४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५० हजार ५७० जना पुगेको छ । मन्त्रालयको पछिल्लो… पुरा पढौ

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

हङकङ, २४ पुस । भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् । यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ । भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ । पुरा पढौ

ट्रम्पलाई फेसबुक र इन्स्टा दुई साता प्रतिबन्ध, ट्वीटर एकाउन्ट अझै बन्द

बोस्टन, अमेरिका, २४ पुस । फेसबुकले आफ्ना दुवै प्लेटफर्म फेसबुक र इन्स्टाग्राममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप दुई साताका लागि प्रतिबन्ध लगाएको छ । ट्रम्पका गैरजिम्मेवार सन्देश तथा भिडियोले सामाजिक सञ्जालको नियम र निर्देशिका उल्लंघन गरेकाले यस्तो कदम चाल्नु परेको फेसबुकका सिइयो मार्क जुकर्बरले जनाएका छन् । मार्कले बिहीबार बिहान फेसबुकमा लामो स्टाटसमार्फत् ट्रम्पकै कारण अमेरिकी संसद् भवनमा हिजो बुधबार हिंसात्मक घटना भएको समेत उल्लेख गरेका छन् । यो प्रतिबन्धका कारण अब ट्रम्पले अमेरिकी राष्ट्रपतिका रुपमा रहँदासम्म फेसबुक र इन्स्टाग्राम… पुरा पढौ

ट्रम्पलाई तत्काल पदमुक्त गर्ने प्रयास

बोस्टन, अमेरिका, २४ पुस । डोनाल्ड ट्रम्प राट्रपति पदका लागि अयोग्य रहेको भन्दै उनलाई तत्काल पदमुक्त गर्नुपर्ने आवाज उठेको छ । अमेरिकास्थित विभिन्न राज्यका गभर्नर, कानूनविद्, सांसद् तथा जनप्रतिनिधिहरुले हिजोको घटनाको मुख्य कारण ट्रम्प भएकाले उनलाई थप एक दिन पनि राष्ट्रपतिका रुपमा पदमा राख्नु उचित नहुने आवाज उठाएका हुन् । उनीहरुले मन्त्रिपरिषद्को २५ औं संशोधनमार्फत् ट्रम्पलाई तत्काल बर्खास्त गर्न सकिने भन्दै त्यसतर्फ अग्रसर हुन आव्हान गरेका छन् । बुधबार क्यापिटल हिलको तनावका बेला संसद भवनभित्र सुरक्षित हुने प्रयासमा सांसदहरु ।… पुरा पढौ

अमेरिकी संसद भवनमा ट्रम्पका समर्थकद्वारा हमला, ट्रम्पमाथि “सत्ताविद्रोह” को आरोप

वासिङ्टन, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरेका थिए ।… पुरा पढौ

अमेरिकी संसदका डेमोक्र्याटको बहुमत, डिसीमा तनाव

बोस्टन, अमेरिका, २३ पुस । अमेरिकी संसदको दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा एक दशकपछि डेमोक्रेटिक पार्टीलाई बहुमत प्राप्त भएको छ । हिजो मंगलबार जर्जिया राज्यमा संसदको माथिल्लो सदन सिनेटका दुई सदस्यका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीले जित हात पारेपछि यो सम्भव भएको हो । प्राप्त पछिल्लो मत परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार राफल वार्नक र जोन ओसफ विजयी हुने प्रक्षेपण गरिएको छ । जसअनुसार रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर पराजित भएका छन् । उनीहरुले हालसम्म पाएको मत र… पुरा पढौ

रुसका दश लाखलाई स्पुट्नीक भी खोप दिइयो

मस्को, २३ पुस । रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुट्नीक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो । कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए । खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले… पुरा पढौ