अन्तर्राष्ट्रिय 🗺

अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

एटलान्टा, २२ पुस । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार थिइन। सिबिएस, एनबिसी र सिएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित भएको जनाएका छन् । यद्यपी केल्लीले आफूले हार स्वीकार गरेकी छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय… पुरा पढौ

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजारको मृत्यु

नयाँदिल्ली, २२ पुस । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ । भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा… पुरा पढौ

दक्षिण कोरियाले बनायो बिमानभन्दा छिटो कुद्ने रेल

काठमाडौं, २२ पुस । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु… पुरा पढौ

चिनियाँ उद्योग-व्यवसाय स्टक बजारबाट फिर्ता हुनेबारे न्यूयोर्क स्टक एक्सचेन्जको निर्णय रद्द हुनुले गरेको संकेत के हो?

पेचिङ, २२ पुस । न्यूयोर्क स्टक एक्सचेन्जले जनवरी चार तारिख वक्तव्य प्रकाशित गर्दै अनुगमन विभागसँग छलफल गरेपछि चीनका तीन वटा टेलिकम अपरेटरलाई स्टक बजारबाट फिर्ता हुन गरिएको आग्रह फिर्ता लिएको छ। न्यूयोर्क स्टक एक्सचेन्जले सन् २०२० डिसेम्बर ३१ तारिख प्रकाशित गरेको वक्तव्यअनुसार, सबैभन्दा ढिलोमा स्थानीय समयअनुसार सन् २०२१ जनवरी ११ तारिख विहान चार बजे चीनका तीन वटा टेलिकम अपरेटर अर्थात् चाइना मोबाइल, चाइना टेलिकम, चाइना यूनिकमको कारोबार रोक्नेछ। चीनका तीन वटा टेलिकम अपरेटरले न्यूयोर्क स्टक एक्सचेन्जमा बीस वर्षसम्म कारोबार गरिसकेका… पुरा पढौ

अमेरिकी सिनेटमा कस्को बहुमत ?

बोस्टन, अमेरिका, २२ पुस । अमेरिकी राजनीतिको भविष्य समेत निर्धारण गर्ने ठानिएको जर्जियाको निर्वाचनमा मंगलबार लाखौं मतदाता सहभागी भएका छन् । साँझ ७ बजे मतदान सकिएलगत्तै मतणना सुरु भइसकेको छ । अहिले मतगणनाको पछिल्लो विवरणहरु अपडेट भइरहेका छन् । दुवै सिटमा सुरुवाती अग्रता डेमोक्र्याट्स उम्मेदवारले गरेका छन् । गत नोभेम्बर ३ को निर्वाचनमा संसदको माथिल्लो सदन सिनेटका लागि कुनै पनि उम्मेदवारले बहुमत (कम्तिमा ५० प्रतिशत) नल्याएपछि आज दोस्रोपटक त्यहाँ मतदान भएको हो । जर्जियामा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली… पुरा पढौ

जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा

एटलान्टा, २१ पुस । अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ । यस राज्यमा राष्ट्रपति र सिनेट दुबैमा रिपब्लीकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई मतदान गरेको छ । अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लीकन र डेमोक्रेट दुबैले सबैभन्दा बढी रकम… पुरा पढौ

असान्जलाई अमेरिका सुपुर्दगी गर्न नसकिने एक बेलायती न्यायाधीशको भनाइ

लन्डन, २१ पुस । अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले गरेका छन् । गोप्य कागजातलाई अनलाइनमा छापेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लण्डनलाई दवाव दिँदै आएको छ । “अष्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिनसक्ने दवाव देखिएकोले मैले उनको रिहाइ गर्न आदेश दिन्छु,” जिल्ला न्यायाधीश भेनेसा बाराएत्सेरले भने । उनले भने, “उनलाई यदि संयुक्त राज्य अमेरिकामा हिरासतमा लिइएको खण्डमा असान्जले स्वतन्त्र रूपमा… पुरा पढौ

भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौंचरणको वार्ता

नयाँ दिल्ली, २१ पुस । भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ । सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् । वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका… पुरा पढौ

बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा अस्ट्राजेनिका लगाउन शुरु

बेइजिङ, २० पुस । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् । स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति… पुरा पढौ

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजारभन्दा बढी

नयाँदिल्ली, २० पुस । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजार ४६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २१४ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४९ हजार ६४९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा… पुरा पढौ