अन्तर्राष्ट्रिय 🗺

ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर

वासिङटन, १३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् । एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाई गरेका थिए । रिपब्लीकन र डेमोक्रेट दुबै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुबै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए । कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि पनि झण्डै २२… पुरा पढौ

श्रीलङ्कामा एकै दिनमा ५०० बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

कोलम्बो, श्रीलङ्का, १३ पुस श्रीलङ्कामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म श्रीलङ्कामा कूल ४० हजार २८२ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा ३२ हजार ५१ व्यक्ति सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्कमा उल्लेख छ । श्रीलङ्कामा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४५ रहेको र १८६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी… पुरा पढौ

युरोपेली मुलुकहरुमा आजबाट काेराेना विरूद्ध खाेप अभियान शुरु

पेरिस, १२ पुस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकाे छ । युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ । कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा… पुरा पढौ

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

इस्लामाबाद, १२ पुस । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ । बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर… पुरा पढौ

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिंदै

astrajeneka
लण्डन, १२ पुस । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ । सङ्क्रमित विरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको बताइएको छ ।… पुरा पढौ

जनतालाई प्राथमिकतामा राख्ने कुरा सन् २०२० चीनको स्पष्ट सम्झना

बेइजिङ, १२ पुस । ७ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएको र १७ लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएका आदि दुःखद समाचारहरू सुनिन्छन्। सन् २०२० को शुरूवातमा पुन:फर्केमा कसैले पनि नयाँ कोरोना भाइरसबाट मानवीय समाजलाई यत्रो गम्भीर दु:ख र डामाडोलको अवस्था ल्याउने कुरा सोचेको थिएन। मानिसको प्राणको कसरी संरक्षण गर्ने भन्ने प्रश्न प्रत्येक मुलुकका सामु देखा परेको देखिन्छ। महामारी फैलिरहेको जटिल अवस्थामा व्यक्तिगत तथा समाज र नागरिक तथा देश बीचको सम्बन्धको धेरैपटक गरी विश्वका मानिसहरूले सोधपुछ र स्वविचार… पुरा पढौ

मालीको विपक्षी दलका अध्यक्षको कोरोनाका कारण मृत्यु

बामाको, ११ पुस । मालीको विपक्षी दल ‘युनियन फर रिपब्लिक एण्ड डेमोक्रेसी’का अध्यक्ष सौमैला सिसेको कोरोनाका कारण निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि फ्रान्सको पेरिस लगिएकोमा उपचारकै क्रममा पेरिसमै उनको निधन भएको हो । पार्टीका सञ्चार सचिव डेम्बा ट्राओरेले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो पार्टीका अध्यक्ष सौमैला सिसेको निधन भएको छ, यसले हामीलाई मर्माहत बनाएको छ, उनको पेरिसमै निधन भएको हो ।” उनी माली सरकारको मन्त्री पनि भएका थिए । उनलाई गत मार्चमा हतियारधारी व्यक्तिहरुले अपहरण गरेका… पुरा पढौ

भारतमा कोभिड–१९ बाट एक लाख ४७ हजारको मृत्यु

नयाँदिल्ली, १० पुस। भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् । भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भइसकेका छन् । यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ । हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ । भारतीय राज्य… पुरा पढौ

वसन्त चाडभरिमा ५ करोड सर्वसाधारणलाई कोरोना भ्याक्सिन दिइने

काठमाडाैं, १० पुस । न्यूयोर्क टाइम्सले जनाएअनुसार चीनले आगामी फेब्रुअरी महिनामा पर्ने वसन्त चाड अघि नै करीब ५ करोड सर्वसाधारणलाई कोरोना भ्याक्सिन लगाउने योजना बनाएको सम्बन्धित विज्ञहरूले बताएका छन्। आगामी वर्ष वसन्त चाडको विदामा अधिक सर्वसाधारणलाई खोप दिइनेछ। अप्रिलमा साइनोफार्फ र क्वोसिङ खोप औपचारिक रुपमा बजारमा पठाइनेछ। शाङ्हाइका खोप विशेषज्ञ थाउ ली नाका अनुसार ५ करोड भन्ने आँकडा प्रारम्भिक मूल्यांकनमा आधारित छ। स्वास्थ्यकर्मिहरू, हवाई उड्ययनसँग सम्बन्धित र खाद्य उद्योग जस्ता भाइरल संक्रमणको उच्च जोखिम भएका मानिसलाई यो भ्याक्सिन सबैभन्दा पहिला… पुरा पढौ

अमेरिकामा १० दिनमा १० लाखले लगाए कोरोनाको खोप

बोस्टन, अमेरिका, १० पुस । अमेरिकामा १० लाख मानिसमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । खोप सुरुवातपछिको पछिल्लो १० दिनमा १० लाख जनालाई पहिलो डोज दिइएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडीसी) ले जनाएको छ । पछिल्लो अवधिमा कोरोना भाइरसको निरन्तर बृद्धिलाई खोपको यो अभियानले छिटै नियन्त्रणतर्फ लैजाने सिडीसीको विश्वास छ । अग्रपंक्तिमा रहेर विरामीको सेवा गर्ने स्वास्थ्यकर्मी र नर्सिङ् होमहरुमा बस्ने बृद्धबृद्धालाई यो खोपले ठूलो मद्दत गर्ने ठानिएको छ । सिडीसीका अनुसार हाल यो खोपको आपूर्ति… पुरा पढौ