अन्तर्राष्ट्रिय 🗺

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड एक लाख २३ हजार भन्दा बढी

नयाँदिल्ली, ९ पुस । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बिहीबारसम्म एक करोड एक लाख २३ हजार भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ७१२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड १ लाख २३ हजार ७७८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३१२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ७५६ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा… पुरा पढौ

इरानको आणविक मामिला छिटो सुरू हुनुपर्ने चीनको माग

बेइजिङ, ९ पुस । संयुक्त राष्ट्र संघस्थित चिनियाँ उपप्रतिनिधि कङ श्वाङले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट आयोजित इरानको आणविक मामिला शीर्षकको भिडियो सम्मेलनलाई सम्बोधन गरेका छन् । इरानको आणविक मामिलाको समाधान सम्बन्धी सम्झौता पत्रको कार्य सकेसम्म छिटो पुनः सुरू गर्न चीनले आग्रह गरेको कुरा कङले सो सम्मेलनमा व्यक्त गरे । उप प्रतिनिधि कङले एकपक्षीय रूपमा इरानको आणविक मामिला समाधान सम्बन्धी सम्झौताबाट अमेरिका बाहिरिनु नै हाल इरानको आणविक समस्याको मुख्य कारक रहेको बताए । हाल इरान आणविक मामिलाको परिस्थिति परिवर्तन हुँदैआएको… पुरा पढौ

भारतमा कोरोना संक्रमितको संख्या करिब एक करोड एक लाख

नयाँदिल्ली, ८ पुस । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९५्० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४४४ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९३९… पुरा पढौ

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने

द हेग, ८ पुस । युरोपेली संघ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । ‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए) ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ । ईएमएकी कार्यकारी निर्देशक इमा कुकले भने, “धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारी… पुरा पढौ

नयाँ भाइरसले विश्वभर तनाव, बेलायतसँग ४० देशले यात्रा रोके

बोस्टन, अमेरिका, ८ पुस । बेलायतबाट फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै मुलुकमा देखा पर्न थालेपछि विश्वभर अर्काे तनाव सुरु भएको छ । कोरोनाको खोप भर्खरै सुरु भएसँगै यो भाइरसको नयाँ प्रकारले विज्ञ एवं विश्वजगतलाई तरंगित तुल्याएको छ । बेलायतसँग ४० भन्दा बढी देशले यात्रा प्रतिबन्धको घोषणा गरिसकेका छन् । स्वयंम् बेलायतले समेत क्रिसमसको पूर्वसन्ध्यामा कसैलाई पनि घर बाहिर निस्कन नपाउने गरि कडाखाले लकडाउन घोषणा गरेको छ । विश्वसँगको यात्रा प्रतिबन्ध तथा मुलुकभित्रको लकडाउनले बेलायत कठिन अवस्थामा पुगेको छ ।… पुरा पढौ

कोरोना भाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

वासिङ्टन, ७ पुस । कोरोना भाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ । यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ । “अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ । यस बारेमा थप विवरण भने आगामी… पुरा पढौ

कोरोनाको नयाँ भाइरसले अर्काे त्रास, बेलायतसँग यात्रा प्रतिबन्ध गर्दै विभिन्न देशहरु

बोस्टन, अमेरिका, ७ पुस । कोरोनाविरुद्ध खोपको सुरुवातले खुशी ल्याउन नपाउँदै बेलायतबाट नयाँ प्रकारको कोरोना भाइरस फैलिएर अर्काे चिन्ता थपिदिएको छ । हालै बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरस विभिन्न देशमा समेत पुगेपछि चिन्ता बढेको हो । प्रारम्भिक अनुसन्धानले नयाँ प्रकारको भाइरस पुरानो भन्दा ७० प्रतिशत बढी सर्ने खालको पाइएको छ । विज्ञहरुले यसको विकासक्रम झन् डरलाग्दो रहेको औंल्याएका छन् । यसले गर्दा क्रिसमसको पूर्वसन्ध्यामा कडा लकडाउन जानुपर्ने बाध्यात्मक अवस्थामा बेलायत पुगेको छ । नयाँ प्रकारको भाइरस झन् संक्रामक… पुरा पढौ

जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप

बोस्टन, अमेरिका, ७ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनलाई क्रिस्टिना केयर अस्पतालकी नर्स ताबे मेसेले फाइजर खोपको पहिलो डोज लगाइदिएकी हुन् । बाइडेनले सोमबार दिउसो आफ्नो होम स्टेट डेलावरमा खोप लगाउँदा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । उनले यो खोपअन्तर्गतको दोस्रो डोज अबको २१ दिनमा लगाउने छन् । “म यो खोप लगाएको देखाएर सबैलाई यसबारे चिन्ता नलिन र खोपका लागि तयार हुन आग्रह गर्छु” बाइडेनले खोप लगाएपछि भने… पुरा पढौ

रुसी राष्ट्रपति पुटिन अर्को वर्ष भारत आउने सम्भावना

मस्को, ६ पुस । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने सम्भावना रहेको छ । यही बर्ष सन् २०२० को अन्त्य तिर उनी भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने सम्भावना रहेको हो । पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गरेका हुन । “कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को… पुरा पढौ

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५५ लाख बढी

नयाँदिल्ली, ६ पुस । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण ३३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ८१० जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा… पुरा पढौ