अन्तर्राष्ट्रिय 🗺

चीनको उच्च गुणस्तरीय विकासबाट विश्वमा थप विश्वास तथा जीवन्त शक्ति थपिँदै

बेइजिङ, ६ पुस । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य बैठक नै आउने वर्षमा चीनको अर्थतन्त्रको दिशालाई देखाउने महत्वपूर्ण बैठक हो। सो बैठकमा विकासको नयाँ मूल स्थितिको निर्माण गर्दा पहिलो पाइला राम्रोसँग गर्नुपर्ने आग्रह गरिएको छ। विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीन चालु वर्षमा विश्वमा आर्थिक बृद्धि भएको एउटै मात्र मुख्य आर्थिक एकाइ हो। चीनले विकासको नयाँ मूल स्थितिको निर्माण गर्दै सुधार तथा खुलापनको नयाँ उचाइमा पुगेपछि विश्वका विभिन्न मुलुकको लागि अझ फराकिलो बजार तथा विकासका नयाँ नयाँ मौकाहरू… पुरा पढौ

अमेरिकामा अहिलेसम्मकै ठूलो साइबर हमला

बोस्टन, अमेरिका, ६ पुस । अमेरिकी सरकार मातहतका निकायहरुमा अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यहाँको वाणिज्य मन्त्रालय र उर्जा मन्त्रालयमा साइबर हमला भएको हो । यद्यपी यस्तो हमलाको क्षतिबाट ठूलो असर भने नपरेको अमेरिकी दावी छ । ऊर्जा मन्त्रालयले साइबर हमला भए पनि परमाणु हतियार सम्बन्धमा कुनै असर नपरेको बताएको छ । ऊर्जा मन्त्रालयले अमेरिकाका सबै परमाणु हतियारको रेखदेख गर्ने उच्च निकाय हो । “अमेरिकी सरकारका कुनै निकायमाथि अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । यद्यपी यसबाट परमाणु… पुरा पढौ

हिउँ चिप्लेटीमा रमाउँदै हिउँप्रेमी (फोटोफिचर)

बोस्टन, अमेरिका, ५ पुस । अमेरिकाको उत्तरपूर्वी राज्यहरुमा डिसेम्बरदेखि अप्रिलसम्म जाडोयाम रहन्छ । यो अवधि बाक्लो हिमपात र हिमआँधीको सिजन हो । यो अवधिको केही महिनासम्म हिउँ पर्नुअघि, हिउँ पर्दा र हिउँ परेपछि पनि माइनस डिग्री सेन्टिग्रेडमा यहाँको जीवन सहज चल्छ । हिउँ परेपछि पानी नपरेसम्म वा तापक्रम माइनसबाट प्लसतर्फ नचढेसम्म कैयन् दिन, हप्ता वा महिनासम्म हिउँ यत्रतत्र रहिरहन्छ । यी तस्विर अमेरिकाको केम्ब्रिज सहरस्थित पार्कमा हिउँ हिउँ खेल्दै गरेका हिउँप्रेमीका हुन् । तस्विर : मनोज अधिकारी पुरा पढौ

अमेरिकामा दोस्रो कम्पनी मोडेर्नाको खोप स्वीकृत

बोस्टन, अमेरिका, ४ पुस । अमेरिकी खाद्य तथा औषधी प्रशासन एफडीएले शुक्रबार साँझ मोडेर्ना कम्पनीको खोपलाई कोरोना भाइरसविरुद्ध प्रयोग गर्न स्वीकृत गरेको छ । एफडीए सल्लाहकार प्यानलले हिजो बिहीबार खोप स्वीकृतिका लागि प्रशासनसमक्ष सिफारिस गरेको थियो । यो अमेरिकामा प्रयोग अनुमति पाउने दोस्रो खोप हो । फाइजरको खोप गत शुक्रबार स्वीकृत भएको थियो । यी दुवै खोप हाल आपतकालिन प्रयोगका लागि स्वीकृत भएका हुन् । आम सर्वसाधारणका लागि होइनन् । मोडेर्नाले खोप स्वीकृत पाएलगत्तै ठूलो मात्रामा खोप ढुवानी गर्न तयार… पुरा पढौ

वासिङ्टनमा मार्च ३१ सम्म स्वास्थ्य सङ्कटकाल

वासिङ्टन, ४ पुस । अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । “आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाएका कार्यालयका एक अधिकारीले भने । विषेश गरेर क्रिसमस र नयाँ बर्ष मनाउनका लागि धेरै भीडभाड तथा चहलपहल हुने र त्यही क्रममा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिने खतरा देखिएकाले सङ्कटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ । विश्व स्वास्थ्य संगठनले गत बर्षको मार्च… पुरा पढौ

युरोपमा नयाँ वर्षको विदा मनाउने क्रममा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोपेनहेगन, ४ पुस । विश्व स्वास्थ्य संगठनले युरोपका देशहरुमा आगामी नयाँ वर्षका अवसरमा दिइने विदाको समयमा भिडभााड नगर्न र कुनै समारोहहरु नगर्न सुझाव दिएको छ । युरोपका देशहरुमा आगामी नयाँ वर्षको अवसरमा विदा मनाउनका लागि नागरिकहरुले ठूलो संख्यामा उपस्थित हुने र समारोहहरु गर्ने भएकोले त्यसो नगर्न आग्रह गरेको हो । यदि त्यसो गरिएमा युरोपेली देशहरुमा अहिले पनि महामारी देखिएको र त्यो महामारीले सबैलाई प्रभाव पार्न सक्ने चेतावनी पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको सो समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य… पुरा पढौ

स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

ब्राटिस्लाभ ४ पुस । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनलाइर्स ङ्क्रमण पुष्टि भएको हो । सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टिभएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा… पुरा पढौ

पेरुद्वारा साइनोफार्मको खोप परीक्षण पुनःशुरु गर्न स्वीकृति

बेइजिङ, ४ मंसिर । पेरु सरकारका एकजना उच्च स्तरीय अधिकारीले चीनको कोरोना भाइरस खोपको परीक्षण पुनःशुरु गर्न पेरुले स्वीकृति दिएको बताएका छन् । पेरुका स्वास्थ्य मन्त्री पिलार माजेट्टीले गत बुधबार साइनोफर्मको खोपको परीक्षण पुनःशुरु गर्ने घोषणा गरेका हुन । गत साता एकजना स्वयं सेवकको स्वास्थ्यमा समस्या देखिएको थियो। पेरुले १२ हजार व्यक्तिको परीक्षण रोकेको छ। पेरुको स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीकाअनुसार, एक चिकित्सक समितिले उक्त व्यक्तिको रोग खोपसित सम्बन्धित नरहेको कुरा पत्ता लगाएको छ। पेरुका स्वास्थ्य मन्त्री माजेट्टीले पत्रकार सम्मेलनमा सरकारले… पुरा पढौ

अमेरिकी उपराष्ट्रपति र सभामुखले लगाए खोप

बोस्टन, अमेरिका, ४ मंसिर । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र अमेरिकी संसदभकी सभामुख न्यान्सी पेलोसीले शुक्रबार कोरोना भाइरसविरुद्ध फाइजरको खोप लगाएका छन् । कोरोना महामारी विरुद्धको अभियानअन्तर्गत खोप लगाउने उनीहरु अहिलेसम्मकै उच्च राजनीतिज्ञ एवं सरकारी अधिकारी हुन् । ह्वाइट हाउसमा शुक्रबार बिहानै उपराष्ट्रपति पेन्स, उनकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम एडम्सले खोप लगाएका हुन् । उपराष्ट्रपति पेन्सले खोप लगाउँदाको भिडियो विभिन्न टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । उनले यो खोपको दोस्रो डोज अबको तीन सातामा लगाउने छन् ।… पुरा पढौ

गरिब राष्ट्रहरुले पनि छिट्टै खोप पाउने : डब्लुएचओ

जेनेभा, ४ पुस । गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने बताएका हुन् । उनीहरुले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरुले जानकारी दिएका छन् । संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि… पुरा पढौ