मुख्य समाचार

डिप्रोक्सको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

काठमाडौं, १८ असार । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोगगरी देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धिगरी भविष्यमा सहज जीविकोपार्जन गराउने उद्देश्यका साथ सञ्चालित वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी देखिएको छ । सो कार्यक्रमअन्तर्गत सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालगायत क्षेत्रमा विभिन्न क्रियाकलाप हुँदै आएका छन् । सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको क्षेत्रमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदारका रुपमा सन् २०१९ देखि कार्य गर्दै आइएको छ । डिप्रोक्सले वैदेशिक रोजगारमा रहेका विप्रेषण प्राप्त घरपरिवारका सदस्यलाई लक्षित गरी… पुरा पढौ

नेप्सेमा १६.२९ अंकको बृद्धि, २ अर्ब ९९ करोडको कारोबार

काठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०१ अंकले घटेर ३६१.७७ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३२३ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

प्रभु बैंकले गर्याे होटल हिमालयसँग छुट सम्झौता

काठमाडाैं, १७ असार। प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको… पुरा पढौ

अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं, १७ असार । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताए । पूर्वसांसद मञ्च नेपालको २४औँं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राखे। संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उनले जोड दिए । “लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्व रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रका लागि महत्वपूर्ण हुने कुरामा दुई मत छैन”, अध्यक्ष दाहालले… पुरा पढौ

युवा पलायन रोक्न उद्यमशिलता जरुरी: मन्त्री भण्डारी

काठमाडौँ, १७ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशिलताको विकासमा जोड दिएका छन । नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले उद्यमशिलताको विकासले युवा पलायन रोक्न सघाउने बताए । मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशिलता विकासमा लागिपरेको बताए । उनले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको बताए। “अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाइँहरुका सुझाव कार्यान्वयन गर्न पहल… पुरा पढौ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच अर्थपुर्ण भेट

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचकाे आजकाे भेटघाटलाइ अर्थपुर्ण रूपमा लिइएकाे छ । भेटमा सरकार सञ्चालनलाइ कसरी अझै प्रभावकारी बनाउने बारेमा छलफल भएको भनिएपनि दाहाल र ओलीकाे भेटलाइ बिशेष महत्वका साथ हेरिएकाे छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन। आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल… पुरा पढौ

सोमबार सुनमा रु २ सयले बृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं, १७ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदी शक्रबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुन यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि… पुरा पढौ

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेकाे सूर्योदय वोमी लघुवित्तको सेयर आजसम्म खरिद गर्न पाइने

काठमाडौं, १७ असार । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेकाे सूर्योदय वोमी लघुवित्तको सेयर आजसम्म खरिद गर्न पाइने भएकाे छ । उक्त लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेकाे हाे । सेयरमा लगानरी गर्न चाहने लगानीकर्ताले घटीमा ३०८ रुपैयाँ वा त्याेभन्दा माथिकाे मूल्य राखेर गरिएकाे बाेलकबोल गोप्य शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् । यसका लागि एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्रिदर १… पुरा पढौ

ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरतामा ३५ हजार सहभागि

काठमाडाैं, १७ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।  बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको जनाएकाे छ ।  बैंकको कोशी प्रदेशमा आयोजना गरेको… पुरा पढौ