मुख्य समाचार

बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे

काठमाडौं, १५ असार । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको बताए । महालेखापरीक्षकको कार्यालयको ६६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बेरुजु बढिरहेका विषयलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनुपर्छ भने । “प्रत्येक वर्ष बेरुजुको अङ्क बढ्दो रुपमा रहेको छ । सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले यसलाई गम्भीर रुपमा लिनुपर्छ । सकभर बेरुजु हुनै नपाउनेगरी काम गर्नुपर्छ र हालसम्मको बेरुजुलाई समयमा नै फछ्र्यौट गर्न सबै निकायबाट तदारुकता देखाइनुपर्छ”, सभामुख घिमिरेले भने, “बेरुजु घटाउन महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमार्फत… पुरा पढौ

बुद्ध एयरले भित्र्यायो अर्काे एटीआर जहाज

काठमाडौं, १५ असार । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए। उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ । बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र… पुरा पढौ

धानबालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने

चितवन, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा आज आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए । “जलवायु परिवर्तनका कारण धानलगायत बालीमा… पुरा पढौ

सेबाेनकाे अध्यक्ष चयन प्रक्रिया तत्कालका लागि रद्द

काठमाडौं, १५ असार । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियालाई तत्रकालका लागि रद्द गरेको जनाएकाे छ । बोर्डकाे अध्यक्ष नियुक्तिका लागि नाम सिफरिस गर्न गठन गरिएकाे एक सूचना जारी गर्दै छनौट सम्बन्धी सबै प्रक्रिया रद्द गरिएको जनाएकाे छ । यसअघि, बोर्ड अध्यक्ष पदका लागि सर्टलिस्टमा छानिएका ५ जना उम्मेदवारमध्ये २ जना माैखिक अन्तर्वार्तामा सहभागी भएका थिए । ३ जना अनुपस्थित भएपछि सिफारिस समिति अनिर्णित भएकाे थियो ।  छानिएकाहरूमा ३ जनाको नाम छानेर अर्थ मन्त्रालयमा पठाउनुपर्ने थियाे । धितोपत्र… पुरा पढौ

आज असार १५: दही चिउरा खाने दिन

काठमाडौं, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण… पुरा पढौ

उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला जागरुक हुनुपर्छ : राष्ट्रपति पाैडेल

काठमाडौं, १५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिदै उनले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे। राष्ट्रपति पौडेलले… पुरा पढौ

वर्षाको उच्च जोखिम : सावधानी अपनाउन महाशाखाको अनुरोध

काठमाडौं, १५ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । महाशाखाले बुलेटिन जारि गरेर बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज राति, भोलि शनिबार र पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड सक्रिय

काठमाडौं, १५ असार । नेपाल पर्यटन बोर्ड पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सक्रिय हुन थालेको छ । चालु आर्थिक वर्षको करिब अन्त्यसम्म कुनै पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहभागी हुन नसकेर आलोचना बेहोरेको बोर्ड पछिल्लो समय केही मुलुकमा पर्यटन प्रवद्र्धनका काममा सहभागी भइरहेको छ । अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवार रहेको नेपाल पर्यटन बोर्ड विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन सकिरहेको थिएन । बोर्डको कार्यकारी समितिले गत असोज ६ गते पारित गरेको आर्थिक वर्ष… पुरा पढौ

हिमाल आरोहणले विदेशी मुद्रा आर्जन भएकाे छ : मन्त्री तामाङ

काठमाडौं, १५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको बताएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले वसन्त ऋतुमा हिमाल आरोहणका लागि गएका आरोहीलाई ‘बाटो खोल्ने तथा डोरी टाँग्ने आरोही’को सम्मानका लागि आयोजित कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको माध्यम हिमाल आरोहणसमेत भएको बताए। “आफ्नो जीवन जोखिममा राखेर वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से तथा शरद् ऋतुमा मनास्लु, अमादब्लम एवम् हिमलुङ हिमालमा डोरी टाँग्ने तथा बाटो खोल्ने काम गरेर आरोहीलाई सहजता प्रदान… पुरा पढौ

भुगर्भ सिमेन्टले आइपीओ निष्काशन गर्ने

काठमाडाैं, १४ असार। भुगर्भ सिमेन्ट लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएकाे छ। साे कार्य गर्न कंपनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाइ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ। भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) का लागि रु.१०० दरकाे जारी पूँजीको २० प्रतिशत शेयर जारी गर्न लागेकाे हाे । सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग बिहिबार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता… पुरा पढौ