मुख्य समाचार

मदन भण्डारी विचार र कामले परिचय बनाउने क्षमतावान नेता हुनुहुन्थ्यो: एमाले अध्यक्ष ओली (अन्तर्वार्ता )

काठमाडौं, १४ असार। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुनुहुन्छ । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुनुहुन्छ । शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष केपी ओलीसँग पत्रकार एकराज पाठक र प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंश : जननेता स्व मदनकुमार भण्डारीको असाधारण व्यक्तित्वबारे… पुरा पढौ

करोडौं खर्चिएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन

गण्डकी, १४ असार । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल अहिले सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् । तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दश करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ । मनाङको मनाङ… पुरा पढौ

सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

बेनी (म्याग्दी), १४ असार । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको जगकारुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । प्रारम्भिक बालविकास केन्द्रमा सिकाइलाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्नका लागि भाषिक, पूर्वगणितीय, विज्ञान तथा वातावरण, दृष्यकला र सिर्जनाशीलता, सामाजिक अध्ययन र अभिनय सीपसँग सम्बन्धित विभिन्न एक सय २६ किसिमका शिक्षण सिकाइ सामग्री प्रदान गरिएको गाउँपालिकाका शिक्षा… पुरा पढौ

मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग गर्नेछु : सभामुख घिमिरे

काठमाडौं, १४ असार । सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताएका छन । मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने धारणा राखेका थिए । मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैँ सकारात्मक सहयोग रहन्छ । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उनले भने । सभामुख घिमिरेले जननेता मदन… पुरा पढौ

काठमाडौं-बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं, १४ असार । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौंदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । टिवान अध्यक्ष आचार्यले कम्बोडियामासमेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताए। सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले… पुरा पढौ

मनकामना स्मार्टकाे प्राप्तिपछि समता घरेलु लघुवित्तकाे एकीकृत कारोबार असार २४ गतेदेखि हुने

काठमाडौं, १४ असार। समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे एकिकृत काराेबार असार २४ गतेबाट शुरू हुने भएकाे छ । समताले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएकाे हाे। गएकाे चैत २९ गते सम्पन्न साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव अनुमाेदन गरेकाे थिथाे । राष्ट्र बैंकले संस्थालाई एकिकृत कारोबारका लागि गएकाे जेठ २९ गते अनुमाति दिएकाे थियाे । सेबाेनले असार ९ गते दिएकाे थियाे… पुरा पढौ

शुक्रबार सुनचाँदीको भाउ बढ्यो, कति पर्छ तोलाको ?

काठमाडौं, १४ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंले जनाए अनुसार छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले… पुरा पढौ

शुक्रबार अमेरिकी डलरकाे भाउ घट्याे, यूराे बढ्याे

काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रिदर १… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा भारि वर्षाकाे सम्भावना

काठमाडौं, १४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र… पुरा पढौ

अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडाैं, १४ असार । अब क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने भएकाे छ । नेपाल राष्ट्र बैंकले क्यूआरबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था मिलाएकाे हाे । बैंकले भुक्तानी सम्बन्धि परिपत्र जारी गर्दै यस्ताे व्यवस्था गरेको बताएकाे छ । बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली बाणिज्य बैंक तथा विकास बैंक आबद्ध विद्युतीय बैंकिंग, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिंग, क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्वीचमार्फत भारतीय बैंक खातामा रकम ट्रान्सफर गर्न मिल्ने व्यवस्था गरेको गरेकाे जनाएकाे छ ।… पुरा पढौ