मुख्य समाचार

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ: अर्थसचिव मरासिनी

काठमाडौं, ९ असार । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ, मरासिनीले भने, । उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक… पुरा पढौ

जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूकाे आग्रह

काठमाडौं,९ असार । सरकार तथा बैंक, वित्तीय संस्थाका प्रमुखहरूले वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले अब सबैको हातेमालो र समन्वयले मात्रै वित्तिीय क्षेत्रको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापन हुन सक्ने धारणा राखेका हुन् । अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिजालले वित्तीय क्षेत्र सुधारका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले अर्थमन्त्रालयले वित्तीय सुधार रणनीति बनाएर अगाडि… पुरा पढौ

सुन तोलामा रु २७ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, ९ असार । साताको सुनचाँदीको कारकोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ २७ सय तथा चाँदीमा रुपैयाँ ५० ले गिरावट भएको जानकारी गराएको छ । छापावाल सुनमा एकैदिन रुपैया २७ सयले घटेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २७ सयले… पुरा पढौ

कर्पोरेट डेभलपमेन्ट बैंककाे साधारण सभा असार १९ मा

काठमाडौं, ९ असार । कर्पोरेट डेभलपमेन्ट बैंकले असार १९ गते साधारण सभा डाकेकाे छ । उक्त सभा, बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड, पर्सामा बिहान ७ः१५ बजे बाेलाइएकाे छ । बैककाे साधारण सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन। सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानुपर्ने भए त्यसकाे कार्य गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान र हर हिसाबका विषयमा छलफल गरी पारित गरिने भएकाे छ… पुरा पढौ

मध्य कालीगण्डकी जलविद्युत आयोजनामा नबिल बैकसहित ६ बैंकले ११ अर्ब लगानी गर्ने

काठमाडाैं, ९ असार । मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि ६ वटा बैंकहरुले लगानी गर्ने भएका छन् । आईएमई समुहको सहायक कम्पनी हाइड्रो सपोर्ट प्रालीमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा साे आयोजना निर्माण गर्न लागिएको हाे । नबिल बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेण्ट मेघा, एभरेष्ट, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले लगानी गर्नेछन्। यसका लागि हाइड्रो सपोर्ट प्रालीको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्वमा रहेकाे नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए… पुरा पढौ

विजय लघुवित्तले डाक्याे एजिएम, एफपीओ निष्काशन गर्ने

काठमाडाैं, ९ असार । विजय लघुवित्त वित्तीय संस्थाकाे पन्ध्रौँ साधारण सभा असार ३० गते डाकिएकाे छ । संस्थाले एफपीओ निष्काशनकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेकाे हाे । सभा उक्त दिन काभ्रेकाे धुलिखेल लज रिसोर्टमा पूर्वान्ह ११ बजे डाकिएकाे छ। सभाबाट एफपीओ निष्काशनकाे अनुमाेदन गरिने, सञ्चालक समितिलाई आवश्यक कार्य गर्नकाे लागि अख्तियारी दिइनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालककेा चयन गरिने छ । साथै लेखापरीक्षककाे नियुक्ति… पुरा पढौ

वीरगञ्ज महानगरले ल्यायाे रु दुई अर्ब ८९ करोडकाे बजेट

वीरगञ्ज (पर्सा), ९ असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्दा रु ६२ करोड कम आकारको बजेट सार्वजनिक गरे। आगामी आवको बजेटमा चालु खर्चतर्फ रु दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७० दशमलव सात प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८ दशमलव एक प्रतिशत बजेट विनियोजन… पुरा पढौ

‘नेपाल आइडल-५’ को उपाधि बर्दियाका करणलाई

काठमाडौं, ९ असार । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बने। विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे। विगत… पुरा पढौ

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

काठमाडाैं, ९ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव  रहेको जनाएकाे छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा… पुरा पढौ

कोशी प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित

विराटनगर, ८ असार । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१÷ ८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गरेका थिए। नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ