मुख्य समाचार

असल नियत राख्नेसँग सहकार्य हुन्छः अर्थमन्त्री पुन

काठमाडौं, ६ असार । अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ कर्मचारीहरुलाई आज मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिए । “करदातालाई अनुचित ढङ्गले दबाब दिने होइन उचित ढङ्गले कर तिर्न प्रेरित गरौँ”, उनले भने, “राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।” उनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न… पुरा पढौ

अन्तिम दिन नेप्से १०.४४ अंकले घट्याे, पाैने ४ अर्बको कारोबार

काठमाडौं, ६ असार । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेको नकारात्मक लयको कारण लगानीकर्ताहरुलाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेर ३६५.०५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये २ वटामा हरियो लागेको छ । बाँकी ११ वटैमा रातो लागेको छ । कुल ३०६… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २६ करोड बराबरको डिबेन्चर निष्काशन गर्ने

काठमाडाैं, ६ असार । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र (डिबेन्चर) निष्काशन गर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम डिबेन्चर निष्काशन गर्न लागिएकाे हाे । संस्थाको संचालक समितिको हिजाे असार ५ मा बसेको बैठकबाट रु.१००० प्रति दरकाे रु. २६,००,००,००० ( (अक्षरुपी छब्बीस करोड) बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरिएकाे बताइएकाे छ । ८ वर्षे अवधि रहने सो डिबेन्चर २,६०,००० संख्याको प्रति इकाई रु.१००० को रहनेछ । ऋणपत्रकाे ९ प्रतिशत… पुरा पढौ

‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना आर्थिक विकासमा कोशेढुङ्गा साबित हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत विकासको अवधारणाअनुरूप निजी क्षेत्रसमेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा–(मुग्लिन) भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। “यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुनेछ”, प्रधानमन्त्री दाहालले भने, “यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग,… पुरा पढौ

चालु आवकाे ११ महिनामा झापाकाे पुँजीगत खर्च ६६.८५ प्रतिशत

झापा, ६ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो । चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित रु १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५… पुरा पढौ

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने

चितवन, ६ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए। मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उनको भनाइ थियो । फरक प्रसङ्गमा गृहमन्त्री लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए। उनले भने–… पुरा पढौ

काभ्रेमा एग्रोभेट अनुगमन, अधिकांश अव्यवस्थित रूपले सञ्चालन

काभ्रेपलाञ्चोक, ६ असार । कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ । बीउबिजन, विषादी र कृषि सामग्री बिक्री गर्दै आएका एग्रोभेट पसलको अनुगमन गरिएको हो । हाल पनौती नगरपालिकामा रहेका एग्रोभेट अनुगमनका क्रममा चार वर्षदेखि इजाजतपत्र नै नवीकरण नगरी सञ्चालन गरिएको भेटिएपछि थापा लीलावती एग्रोभेटमा सिल गरिएको जनाइएको छ । पनौती–६ नमोबुद्ध रोडको उक्त एग्रोभेटले विषादी खुद्रा बिक्रेता इजाजतपत्र २०७७ माघ १६… पुरा पढौ

सुनमा रु ६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ६ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेको जानकारी दिएको छ यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ यसअघि बुधबार चापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १… पुरा पढौ

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल हुँदै

बागमती, ६ असार । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए । पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रिदर… पुरा पढौ