मुख्य समाचार

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसंग प्रत्यक्ष सवालजवाफ हुँदै

काठमाडौं, ६ असार । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने भएका छन् । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा पूर्वान्ह ११ बजे बोलाईएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत सातवटा मन्त्रालयका मन्त्रीहरुले मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ । कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय रहेका छन् । यस्तै, संञ्चार… पुरा पढौ

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ, ६ असार । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको… पुरा पढौ

देश विकासको बाटोमा अगाडि बढिरहेको छः मास्टर सेफ साह

काठमाडौं, ६ असार । मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् । राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताए । उनले भने, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ ।” सेफ… पुरा पढौ

यस वर्ष खैरहनीमा चैते धानको उत्पादनमा वृद्धि

नारायणगढ (चितवन), ६ असार । चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाए। चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा धान उत्पादन वृद्घि भयो । केसीले भने, “गत वर्ष २४ कट्ठामा लगाएको धान ४२ क्विन्टल भएको थियो, तर यसपालि बढेर ५० क्विन्टल हाराहारी पुग्यो ।” धान उत्पादन बढेको देखेर उनी मख्ख छन्। धानको मूल्यमा एकरुपता नहुँदा भने उनलाई चिन्ता लागेको छ । उनले गतवर्ष धानको मूल्य क्विन्टलको रु एक हजार आठ… पुरा पढौ

गृहसचिव अर्याल र सिचुवानका भ्वाइस गभर्नर हान्बिङबीच भेट

काठमाडौं, ६ असार । गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच भेटवार्ता भएको छ । गृहसचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा द्विपक्षीय छलफलसमेत गरेको छ । गृह मन्त्रालयमा भएको भेटमा गृहसचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमासुरक्षालगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिए । सीमासुरक्षामा समन्वय एवं सहकार्यमा जोड… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन

काठमाडौं, ५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)द्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेकी छन् । रासस केन्द्रीय कार्यालय, भद्रकालीमा जारी उक्त प्रदर्शनी अवलोकनपछि शुभेच्छा व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रदर्शनीमा राखिएका तस्बिरहरु गणतन्त्रपछिका विकास–निर्माणका कामको झलक प्रस्तुत गर्न सार्थक रहेको उल्लेख गर्दै यस प्रकारको रचनात्मक कामको निरन्तरता दिएकामा राससको प्रशंसा गरिन्। पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले तस्बिर प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराए । उनी… पुरा पढौ

नेप्से २.२७ अंकले उकालो लाग्यो, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं, ५ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरु हौसिएका छन् । उनीहरुले अब सेयर बजार सकाराच्मक लयमा जान्छ कि भन्ने आकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.२७ अंकले उकालो लाग्दै २०७८.७६ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेर ३६७.७५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । बाँकी रहेका ७… पुरा पढौ

साढे ६ अर्बको बजेट ल्याउने तयारीमा भरतपुर महानगरपालिका

चितवन, ५ असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ६० करोड हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । त्यसैगरी महानगरपालिकाले आगामी आर्थिक वर्षमा वडा कार्यालयहरुलाई सूचकका आधारमा बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट बिनियोजन गर्ने नीति लिएको बताएकाे छ । महानगरपालिकाका आर्थिक… पुरा पढौ

‘स्कोलियोसिस’अर्थात मेरुदण्ड बाङ्गाे हुने समस्या र यसको उपचार

काठमाडाैं, ५ असार। स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ । याे समस्या धेरैजसो साना बालबालिकाहरुमा देखिन्छ । यो जन्मदेखि नै पनि हुन सक्छ । तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरुमा यसकाे लक्षण देखिन्छ । जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाईन्छ ।  जसलाई हामीले  Idiopathic Adolescent Scoliosis भन्छौं । यसको अर्थ इडियोप्याथिक भनेको… पुरा पढौ

न्यायालयको साख गिर्दाेछ भन्ने भाष्य गलत हो: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौं, ५ असार । २०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश गरेका कल्याणकुमार श्रेष्ठ जिल्ला र उच्च हुँदै सर्वाेच्च अदालतको न्यायाधीश बने। उनी २०७२ असार २३ मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। २०७२ चैत ३० गतेसम्म प्रधानन्यायाधीशका रुपमा नेपालको सर्वोच्च न्यायालयको नेतृत्वमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठ २००८ वैशाख १ गते जन्मेका हुन्। पछिल्लो समय उनले आफूलाई साहित्य, नागरिकको अभिव्यक्ति स्वतन्त्रता, कानुन, समाज सेवा, नेपाली संस्कार र संस्कृतिसम्बन्धी विविध कार्यक्रमहरुमा व्यस्त राखिरहेका छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँग पत्रकार एकराज… पुरा पढौ