मुख्य समाचार

नेप्सेमा दोहोरो अङ्कको सुधार: परिसूचक २५३८ विन्दुमा, कारोबार रकम पौने ३ अर्ब नाघ्यो

काठमाडौं, १७ भदाै। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कको वृद्धि सहित बन्द भएको छ। अघिल्लो कारोबार दिन मङ्गलबार पनि सामान्य अङ्कले बढेको नेप्सेले बुधबार पनि सोही निरन्तरता पाएको हो। यस दिन नेप्से परिसूचक १५.४४ अङ्कले बढेर २५३८.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०२ अङ्क, फ्लोट इण्डेक्स १.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्कले बढेका छन्। नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। कुल ३५४ वटा कम्पनीको… पुरा पढौ

पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल

काठमाडौं, १७ भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन क्षेत्रमा रु ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारेको छलफलमा उहाँले पर्यटन व्यवसाय र पूर्वाधारको क्षति र भविष्यमा पार्न सक्ने आर्थिक असर समेतका आधारमा उक्त अनुमान गरिएको बताउनुभयो । मन्त्री पौडेलका अनुसार बाढीपहिरोबाट १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन… पुरा पढौ

बाढीपहिरो प्रभावितलाई पहिचान गरेर बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं, १७ भदाै। नेपाल राष्ट्र बैंकले हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित भई बैंकिङ कागजात गुमाएका ग्राहकहरूलाई सहज रूपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो। प्राकृतिक विपद्‌का कारण ग्राहकका चेकबुक, एटिएम कार्ड, मोबाइल फोन तथा अन्य आवश्यक कागजातहरू हराएको वा नष्ट भएको अवस्थालाई… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब

काठमाडौं, १७ भदौ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गरेको जानकारी दिनुभयो । उहाँका अनुसार राहत कोषमा बुधबारसम्म रु सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ । जसमध्ये हिजोमात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई… पुरा पढौ

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह

काठमाडौं, १७ भदौ। प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । उहाँले मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनुभयो । प्रधानमन्त्री शाहले भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका… पुरा पढौ

प्रतिनिधिसभामा प्रधानमन्त्री शाहद्वारा सम्बोधन (Live)

काठमाडौं, १७ भदौ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गर्नुभएको छ । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराउनुहुने छ । https://youtu.be/lksbCBa4qpg पुरा पढौ

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सो मध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको जनाएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न… पुरा पढौ

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि साढे २ करोड ५० लाख सहयोग

काठमाडौं, १७ भदौ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू. दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू. दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको… पुरा पढौ

भारतबाट बढेर आए पनि नेपालमा पेट्राेलकाे भाउ यथावत

काठमाडौं, १७ भदाै । इण्डियन आयल कर्पोरेसन (IOC) बाट इन्धनको खरीद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताका लागि साबिककै खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको भदौ १६ गतेको निर्णयानुसार भदौ १७ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य नबढाइएको हो। इण्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु. ३.३४, डिजेलमा रु. ४.३३, मट्टितेलमा रु. १०.१९, हवाई इन्धनमा प्रति… पुरा पढौ

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी, १७ भदौ। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, उहाँले भन्नुभयो, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ ।” पहिले तालको किनारैकिनार हिँडेर आरोही र भरियाहरू आधार शिविर पुग्ने गरेकामा २०६४ सालमा तिलिचो तालबाट हिउँपहिरो खसेर… पुरा पढौ