मुख्य समाचार

काठमाडौं र हेटौंडा जाने गाडीका लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं, १६ भदौ।भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाैंडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ । दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हँुदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ । दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किंदा भने कान्ति राजमार्ग हँुदै फर्किने व्यवस्था गरेको छ । प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै… पुरा पढौ

धादिङबेँशी-सुनौलाबजार-भोर्ले, लस्करे-कोशीखोला-फोर्सेटार-कल्लेरीटारसहित ४ अस्थायी रुट कायम

धादिङ, १६ भदौ। यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ । ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ । सांसद बोधनारायण श्रेष्ठले… पुरा पढौ

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

चैनपुर (बझाङ), १६ भदौ। गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नु सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक परिचयका साथ उभिनुएको छ । सहरका महल र सुखसयललाई चटक्क माया मारेर गाउँ फर्किनुभयो । यतिबेला उहाँ कृषिमा पसिना बगाइरहनुभएको छ । सुर्मा गाउँपालिका–२ सिमस्याइलका ६२ वर्षीय बोहराले कसैको लहडमा नभई दीर्घकालीन योजनाका साथ कृषि कमैमा होमिनुभएको छ । जीविकाका लागि होइन, साच्चै व्यावसायिक कृषकका रुपमा । धनगढी र बझाङको चैनपुरमा रहेका दुईवटा घर बेचेर गाउँमा फलफूल र तरकारीमा लगानी खन्याइरहनुभएको छ । माटो… पुरा पढौ

शिवम् सिमेन्टद्वारा बाढीपीडितलाई ११ हजार बोरा सिमेन्ट र ११ लाख नगद सहयोग घोषणा

काठमाडौं, १६ भदाै। भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवासहितका विभिन्न क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले विशेष सहयोगको घोषणा गरेको छ। कम्पनीले नेपाल सरकारसँगको आवश्यक समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। यस सहयोग अन्तर्गत कम्पनीले कुल ११ हजार बोरा सिमेन्ट वितरण गर्नेछ। यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले पनि विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १६ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ… पुरा पढौ

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर ग्यास भरिँदै

चितवन, १६ भदौ। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् ।… पुरा पढौ

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी, १६ भदौ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गर्नुभएको हो । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् । “म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भन्नुभयो, “पर्याप्त… पुरा पढौ

बाढी प्रभावितलाई ‘विश्व खाद्य कार्यक्रम’को २९ टन खाद्य सामग्री

काठमाडौं, १५ भदौ। ‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो । सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो । कृषिमन्त्री चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक… पुरा पढौ

कृष्णभीरमा १०० मिटर सडक भासिएपछि राजधानीसँगको सम्पर्क प्रभावित

चितवन, १५ भदौ । पृथ्वी राजमार्गको पहिरो प्रभावित क्षेत्र मानिने कृष्णभीरमा आइतबार बिहानदेखि सडक भासिन थालेपछि सवारी आवागमन ठप्प भएको छ। त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरेपछि तत्काल सडक सञ्चालन गर्न नसकिने अवस्था आएकाले सडक विभाग र सम्बन्धित आयोजनाले वैकल्पिक मार्गको खोजी सुरु गरेका छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटानका कारण सडकको झण्डै १०० मिटर भाग भासिएको र चिरिएको छ। पहिरो र कटानको जोखिमका कारण हाल पैदलयात्रासमेत रोकिएको छ। तत्कालै… पुरा पढौ

नेप्सेमा ४३.८९ अंकको गिरावट, ३ अर्ब ६४ करोडकाे कारोबार

काठमाडौं, १५ भदाै । शेयर बजारमा निरन्तरको गिरावट कायम रहँदा साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। पछिल्ला पाँच कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको छ। परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.६८ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार… पुरा पढौ