मुख्य समाचार

भोटेकोशी बाढीका मृतकप्रति सम्मान व्यक्त गर्दै भदौ २२ गते राष्ट्रिय शोकको घोषणा

काठमाडौं, १८ भदाै । सरकारले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिए। बैठकले बाढीपछिको पुनर्निर्माण, राहत तथा नागरिकको जनजीवन सहज बनाउन केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरू गरेको छ। मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरू: राष्ट्रिय शोक र सार्वजनिक बिदा: भदौ १०… पुरा पढौ

नेप्सेमा लगातार सुधार, कारोबार साढे ३ अर्ब नाघ्यो

काठमाडौं, १८ भदाै । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकको सुधारसहित बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि जारी हरियालीलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको छ। यस दिन अन्य प्रमुख सूचकहरूमा पनि सामान्य वृद्धि देखिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेका छन्। कारोबार रकममा वृद्धि नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि राम्रो सुधार आएको छ। बुधबार २ अर्ब ९४ करोड… पुरा पढौ

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’

चितवन, १८ भदौ। दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ । संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर सङ्कलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब… पुरा पढौ

राष्ट्र बैंकद्वारा १८ अर्बको निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बजारबाट १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न ९० दिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार उक्त ३ महिने निक्षेप संकलन उपकरणको बोलकबोल भदौ १८ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत हुनेछ। सोही दिन निष्काशन गरिने यस उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ मंसिर १६ गतेका लागि तोकिएको छ। बोलकबोलका मुख्य शर्त तथा विशेषताहरू: सहभागी हुन पाउने संस्थाहरू: राष्ट्र… पुरा पढौ

सोपान फर्मास्युटिकल्सको नाफामा ८२ प्रतिशत गिरावट

काठमाडौं, १८। सोपान फर्मास्युटिकल्स लिमिटेडको नाफामा उच्च गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आवको तुलनामा ८२ प्रतिशतले घटेको हो। वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ८२ लाख ८९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ७७ लाख ९१ हजार रुपैयाँ रहेको थियो। सञ्चालन आम्दानीमा भने सामान्य सुधार नाफामा ठूलो गिरावट आए पनि कम्पनीको कारोबार… पुरा पढौ

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ सुरू

चितवन, १८ भदौ। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ । श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा रहेको छ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १८ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा कायम… पुरा पढौ

खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं, १८ भदौ। साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पाेरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर (बोटलिङ) काठमाडाैं ल्याउने नीति लिएको हो । सो राजमार्ग अवरुद्ध हुँदा कर्पाेरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट… पुरा पढौ

बाढी प्रभावित १५ स्थानीय तहमा साढे १३ करोड निकासा, कोषमा पौने ८ अर्ब बढी जम्मा

काठमाडौं, १७ भदाै। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ वटा स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकाहरूमा उक्त रकम पठाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीलगत्तै पहिलो चरणमा रसुवा र नुवाकोटका लागि रु. १/१ करोड तथा धादिङका लागि रु. ५० लाख दिने निर्णय गरिएको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत भदौ १२ गते रु. ६ करोड ५० लाख र भदौ… पुरा पढौ

प्रभु बैंकद्वारा बाढी प्रभावितका लागी २ करोड ११ लाख सहयोग

काठमाडौं, १७ भदाै। प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूबिच उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ आर्थिक सहयोग प्रदान गरेको छ। अकल्पनीय बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको यस दुःखद् घडीमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको हो। अर्थ मन्त्रालयमा आयोजना गरिएको एक विशेष कार्यक्रमका बिच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप… पुरा पढौ