मुख्य समाचार

ट्यांकर चालक संघ र सरकारबीच ४ बुँदे सहमतिपछि पेट्रोल पम्पहरु खुले

काठमाडाैं, ३ असार । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच चार बुँदे सहमति भएपछि काठमाडाैंका पेट्राेल पम्पहरू खुलेका छन् । संघका पदािधकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सिंहदरबारमा भएकाे वार्ता सहमितमा पुगेपछि पम्पहरू खुलेका हुन् । पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल आयल निगम तथा मन्त्रालयबीच भएको छलफल सकारात्मक भएपछि ट्यांकर चालकहरू पेट्रोलियम पदार्थको ढुवानीका लागि सहमतिमा पुगेका हुन् ।  चालकहरूका मागका बारेमा एक समिति बनाएर अध्ययन गरिने भएकाे छ । उनीहरूले राखेका ७ वटा मागहरूका बारेमा समितिले अध्ययन… पुरा पढौ

भद्रपुर मालपोतले ११ महिनामा उठायाे करिब ७१ करोड राजस्व

झापा ३, असार । मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार ८ सय ९१ रूपैयाँ राजस्व सङ्कलन गरेको छ । भद्रपुर मालपोतले ११ हजार ८ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी गरेको हो । चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताएका छन। “गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा रु २० करोड ८७ लाख ९३ हजार छ सय १४ ले राजस्व सङ्कलन बढेको… पुरा पढौ

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गरिने

काठमाडौं, ३ असार । सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक÷सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा सङ्घीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ मन्त्रालयसँगको परामर्शमा टुङ्ग्याउने सहमति भएको हो । बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहान सबेरैदेखि राति… पुरा पढौ

ढुवानीकर्ताकाे हडतालपछि बजारमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं, ३ असार। ढुवानीकर्ताकाे हडतालपछि बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएकाे छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न ७ बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको हाे । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण अधिकार ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ। याे सेवामा बन्द तथा हडताल गर्न बर्जित गरिएकाे छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध… पुरा पढौ

विश्व बैंककाे माल्दिभ्स, श्रीलङ्का र नेपालको निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौं, ३ असार । विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । अर्थ मन्त्रालयले आइतबार एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । अर्थमन्त्री पुनले आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र… पुरा पढौ

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, ३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए। उनले भने, “काठमाडौँबाट छ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबी… पुरा पढौ

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड

काठमाडौं, ३ असार । नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ । ‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा काठमाडौंमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरेका छन् । कार्यक्रममा भारत–नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षाैंदेखि आर्थिक, सामाजिक,… पुरा पढौ

अन्तराष्ट्रिय टी २० मा लेग स्पीनर सन्दीपले बनाए १०० वीकेटको कीर्तिमानि

काठमाडौं, ३ असार । टि ट्वन्टी विश्व कप २०२४ को समूह डि को समिकरण पूरा भएसंगै नेपाल सुपर आठमा पुग्न नसकेपनि नेपाल लेग स्पीनर सन्दीप लामिछानेले १०० वीकेट कीर्तिमानि बनाउन सफल भएका छन् । बंगलदेशसंगको आजको खेलमा नेपाल २१ रनले पराजित हुँदै गर्दा उनले सेन्ट भिन्सेन्टमा जारी खेलमा बंगलादेशका तान्जिम हसन साबिकलाई आउट गर्दै अन्तराष्ट्रिय टी २० मा १०० वीकेट पूरा गरेका हुन् । उनले ५४ अन्तराष्ट्रिय खेलमा सो कीर्तिमानि बनाएका हुन् । १०० वीकेट पूरा गरेका सन्दिप लामिछाने विश्वका… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै युरोसहित अन्यको भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४०… पुरा पढौ

संसारमा जहाँ रहे पनि मातृभूमिलाई नविर्सनु : राष्ट्रपति पाैडेल

काठमाडौं, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे । “जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने । उनले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र… पुरा पढौ