मुख्य समाचार

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

मुग्लिन (चितवन), ३ असार । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पुरा पढौ

बक्र ईदकाे अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, ३ जेठ । सरकारले आज असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ । पुरा पढौ

संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो

काठमाडौं, ३ असार । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिको बैठकले सर्वसम्मतरुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। “समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उले भने। समिति सदस्य शिशिर खनालका अनुसार पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गरिनेछ । त्यसका लागि आगामी मङ्गलबारका लागि बैठक बोलाइएको छ । उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री,… पुरा पढौ

पहिराले मुग्लिन मलेखु सडक अवरुद्ध

भरतपुर, ३ असार । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए। अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पुरा पढौ

कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली

काठमाडाैं, ३ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका र बागमती प्रदेशका केहि  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। असार ०३ गते (सोमबार) दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा… पुरा पढौ

इद-उल-अत्ज्हा त्याग, समर्पण र बलिदानको प्रतीकः कार्यवाहक राष्ट्रपति यादव

काठमाडौं, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरे । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ । कार्यवाहक राष्ट्रपति यादवले… पुरा पढौ

प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको भेट

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४… पुरा पढौ

नेप्सेमा १७.०४ अंककाे गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं, १ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंककको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा झरेको छ । नेप्सेमा ०.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२५ अंकले घटेर ३७०.९३ विन्दुमा झरेको छ । १३ उपसमूहहरुमध्ये होटल तथा पर्यटन उपसमूह बाहेक सबै १२ वटामा रातो लागेको छ । कुल ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता… पुरा पढौ

चालु आर्थिक वर्षकाे ११ महिनामा पुँजीगत खर्च ४४ प्रतिशत

काठमाडौं, २ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१… पुरा पढौ

वाग्मती प्रदेश सरकारकाे बजेटमा भ्रमण वर्षलाई निरन्तरता, पर्यटन पूर्वाधारमा प्राथमिकता

मनहरी, २ असार । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा संस्कृति, पर्यटन तथा सहकारीका लागि २अर्ब ४६ करोड विनियोजन गरेको छ । शनिबार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेटमा प्रदेश भ्रमण वर्ष २०२४ को निरन्तरतासहित प्रदेशभित्रका पर्यटकीय गन्तव्य तथा पर्यटन क्रियाकलापहरुको प्रवर्द्धन गरिने उल्लेख छ । उनले थप पर्यटकीय गन्तव्यको पहिचान गरिने र पर्यटकहरुको भ्रमणमा सहजीकरण गर्न ट्राभल बुक तयार गरिने बताए । बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्न छिमेकी मुलुकका प्रमुख सहरहरुमा पर्यटकलक्षित रोड सो,… पुरा पढौ