मुख्य समाचार

गण्डकीमा नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्गको योजना

गण्डकी, ३२ जेठ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन । मङ्गलबार सार्वजनिक नीति तथा कार्यक्रममा सुरुङमार्गबारे केही उल्लेख छैन । प्रदेश सरकारले चालु आवमा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शितलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । आवको अन्त्यसम्ममा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम… पुरा पढौ

‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्। हेटौँडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको छ भने। “तीन ठूला सबस्टेसन नेपालका नदी तथा खोलानालाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र… पुरा पढौ

विश्व बैंक समूहअन्तर्गतको आइडा बैठक असार ४ गतेदेखि काठमाडौंमा हुँदै

काठमाडौं, ३२ जेठ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक आगामी असार पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म काठमाडौँमा आइडा–२१ के बैठक आयोजना हुन लागेको हो । उक्त बैठकबारे जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा–२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गरे। यो बैठकले… पुरा पढौ

फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा चालकको मृत्यु

मुग्लिन (चितवन), ३२ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३… पुरा पढौ

प्रधानमन्त्री दाहालद्वारा ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरे। ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै २२० र १३२÷११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज… पुरा पढौ

श्री डिष्टिलरी आइपीओमा जाने,बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडाैं, ३२ जेठ । श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएकाे छ । साे कार्यका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको बताइएकाे छ । आइपीओ निष्काशनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक… पुरा पढौ

एनएमबि लघुवित्तकाे साधारण सभा असार २१ गते डाकियाे

काठमाडौं, ३२ जेठ । पाेखराकाे एनएमबि लघुवित्त वित्तीय संस्थाकाे एघारौँ बार्षिक साधारण सभा असार २१ गते पाेखरामा डाकिएकाे छ । उक्त सभा होटल बाराही लेकसाइड पोखरामा बिहान साढे ११ बजेका लागि डाकिएकाे छ। सभामा केन्द्रीय कार्यालयकाे ठेगाना परिवर्तन, संस्थापक र सर्वसाधारण तर्फको सेयर संरचना सम्बन्धका नियमहरु संशोधन गर्ने प्रस्ताव पेश हुनेछन। साथै अन्य लघुवित्तसँग मर्जरमा जाने बिषयमा सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डाहरु रहेकाे काराेबार दैनिकमा प्रकाशित सुचनामा जनाइएकाे छ। उक्त सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारणकाे तर्फबाट… पुरा पढौ

शुक्रबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३२ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको… पुरा पढौ

यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभाबाट १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं, ३२ जेठ। यूनाइटेड अजोड इन्स्योरेन्सकोे विशेष साधारण सभा काठमाडौंमा सम्पन्न भएकाे छ ।नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कम्पनीको चुक्ता पूँजी सम्बन्धमा न्यूनतम चुक्ता पूँजी २ अर्व ५० करोड कायम गर्न आवश्यक सबै प्रकृया सम्पन्न गर्न भनि निर्देशन भए अनुसारकाे कार्य गर्न विशेष साधारण सभा सम्पन्न गरिएकाे हाे । हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक सहमति प्रदान भए अनुरुप सभाबाट उक्त विशेष प्रस्ताव पारित भएकाे छ । हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता… पुरा पढौ

हेटौँडा-ढल्केबर ४ सय केभी प्रसारण लाइनकाे उद्घाटन आज

काठमाडौं , ३२ जेठ । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल… पुरा पढौ