मुख्य समाचार

‘नाडा अटो शो २०२४’ को रजिष्ट्रेशन आजदेखि खुल्ला

काठमाडौं, ३१ जेठ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले १६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयाेजना गर्ने भएको छ । आगामी भदौ ११ देखि १६ गतेसम्म १६ औँ संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने नाडाले जनाएको छ । काठमाडौंको भृकुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना हुने प्रदर्शनीको जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । उक्त अटाे शाे मा सवारीसाधन, पार्टपुर्जा, बैक, वित्तिय सेवा लगायतकाे प्रदर्शनी रहने बताइएकाे छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी… पुरा पढौ

बिहिबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ३१ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको स्थिर रहेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ परिवर्तन भएको छैन । चाँदीको भाउ तोलामा रुपैयाँ १० ले घटेको छ । छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ४१ ह्जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

प्रतिनिधि सभा बैठक : यस्ताे छ आजकाे कार्यसूची

काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा पूर्वान्ह ११ बजे सुरु हुने भएकाे छ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने प्रकाशित सूचनामा जनाइएकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने आजकाे कार्यसूची रहेको छ । पुरा पढौ

नारायणगढ–मुग्लिन सडकः २५ स्थानमा पहिरोको जोखिम

चितवन, ३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ । यसैगरी, पहिरोको कम… पुरा पढौ

बिहिबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३८ पैसा र बिक्रिदर १… पुरा पढौ

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

मध्यविन्दु (नवलपरासी), ३१ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए। “चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन… पुरा पढौ

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्याे सोह्रौं साधारण सभा

काठमाडाैं, ३१ जेठ । कर्पोरेट डेभलपमेन्ट बैंकले असार १९ गते सोह्रौँ साधारण सभा बाेलाएकाे छ । सभा बैंककाे प्रधान कार्यालय, गीतामन्दिर रोड, वीरगञ्ज, पर्सामा डाकिएकाे हाे । सभा बिहान ७ः१५ मा सुरु हुनेछ। बैंककाे साधारण सभामा अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग मर्जर गर्नेपर्ने भएमा त्यसकाे सबै काम गर्ने अख्तियारी संचालक समितिलाई दिइने भएकाे छ । सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनकाे प्रस्ताव, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुनेछन्। साधारण… पुरा पढौ

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट (बागलुङ) ३१ जेठ । बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडाैं, ३१ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएकाे छ । बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको जनाएकाे छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। जेठ ३१… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण

भैरहवा (रुपन्देही), ३१ जेठ । लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो । चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए। “नियमित उडान हुँदा… पुरा पढौ