मुख्य समाचार

नेप्सेमा ६.२२ अंकको बृद्धि, ४ अर्ब बढीको कारोबार

काठमाडौं, २२ जेठ । नेप्सेमा करेक्सन भएको भोलिपल्ट मंगलबार सकारात्मक माहोल देखिएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साही भएका छन् । नेप्सेमा ६.२२ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २०८५.३० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेर ३७२.०२ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल… पुरा पढौ

सरकारले स्टार्ट अप नीति पारित गरेकाेमा उद्योग बाणिज्य महासंघद्वारा स्वागत

काठमाडाैं, २२ जेठ । नेपाल उद्योग बाणिज्य महासंघकाे पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । महासंघमा आज आयोजित कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफलपछि मन्त्रीपरिषद्ले पारित गरेको हाे । विकसीत देशहरुमा स्टार्टअप स्थापित भए संगै नेपालमा पनि यसको चर्चा र चासो हुनु स्वाभाविक हो । किनकी, व्यवसायमा नयाँ सोचहरुको… पुरा पढौ

अरूण-३ जलविद्युत परियोजनाको ‘ब्रेक–थ्रु’

काठमाडाैं,२२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताएका हुन् । “विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै… पुरा पढौ

बेइजिङमा पर्यटन प्रवर्द्धन: व्यवसायीलाई नेपाल भ्रमणकाे निम्ताे

काठमाडौं, २२ जेठ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । साे अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गरे। नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बताए । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको उक्त कार्यक्रममा… पुरा पढौ

सरकारद्वारा देशभर खेलप्रेमीको हौसला बढाउन टी-२० विश्वकपको लाइभ गर्न स्थानीय निकायलाई निर्देशन

काठमाडौं, २२ जेठ । एक दशकपछि नेपाल पुन: विश्वकप टी २० खेल्न गएकाेले सरकारले देशभर खेलाडी र खेलप्रेमीकाे हाैसला बढाउन खेलकाे लाइभ प्रशारणकाे व्यवस्था मिलाउन अनुराेध गरेकाे छ । सरकारले एक सूचना प्रकाशन गरेर अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय निकायलाई निर्देशन दिएको हाे । युवा तथा खेलकुद मन्त्रालयले बिज्ञप्ती जारी गरेर प्रतियोगितामा नेपालको सहभागीता रहेकोले नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको अवधिभर प्रत्यक्ष प्रशारण गर्न देशभरका स्थानीय निकायलाई आग्रह गरेको छ । मन्त्रालयले… पुरा पढौ

युनाइटेड मेवा खोला हाइड्रोले आइपीओ निष्काशन गर्ने

काठमाडाैं, २२ जेठ । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएकाे छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार ६ गते साधारणसभा बाेलाएकाे छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले असार ६ गते काठमाडौंको डिल्लीबजारस्थित कम्पनीकाे रजिष्टर्ड कार्यालयमा प्रथम साधारण सभा बाेलाएकाे हाे । साधारण सभामा प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्तावमाथि छलफल गरि पारित गरिनेछ । साथै सभामा आइपीओ निष्काशनका बारेमा छलफल गरि पारित गरिने भएकाे छ ।  सभामा ऋणको अनुमोदन र थप ऋणका… पुरा पढौ

प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव(Live)

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् । बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरे। सोही दलका मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई आग्रह गरे। https://youtu.be/uq9HzB9KlIk नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको… पुरा पढौ

काठमाडौं उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत

काठमाडौं, २२ जेठ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र सोही वायु प्रणालीले वर्षा गराएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वायु प्रणालीले राजधानी उपत्यकामा एक घण्टाभन्दा बढी समयस्मम वर्षा गराउने र उत्तरतिर लागेर कमजोर हुँदै जाने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रि मनसुन… पुरा पढौ

मंगलबार सुनचाँदीको भाउ स्थिर रहि खरिदबिक्री हुँदै

काठमाडौं, २२ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको… पुरा पढौ

विश्वकप क्रिकेटमा नेपाल १० वर्षपछि खेल्दै, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौं, २२ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौंमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)nfई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२०… पुरा पढौ