मुख्य समाचार

बजेट अभावले गोरखाको एकीकृत बस्ती निर्माणमा ढिलाइ

गोरखा,१७ वैशाख । भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन । स्थानीयकै पहलमा २०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनःनिर्माण तथा विकास समितिका… पुरा पढौ

इलाममा एमालेका सुहाङ र बझाङमा कांग्रेसका अभिषेककाे अग्रता कायमै

इलाम, १७ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् । हालसम्मको मत गणनाअनुसार नेम्बाङले आठ हजार आठ सय ९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार दुई सय ८२ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह लिम्बू थेगिमले चार हजार ६ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका… पुरा पढौ

लाभांश पारित गर्न सन नेपाल लाइफले डाक्याे एजिएम

काठमाडाैं, १७ वैशाख । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण तथा हकप्रद सेयर निष्काशनकाे प्रस्ताव पारित गर्न जेठ ९ गते सातौँ साधारण सभा बाेलाएकाे छ । कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट लाभांश र लाभांश वितरपछि हकप्रद सेयर जारि गर्ने प्रस्ताव अनुमाेदन गर्न साधारण सभा डाकेकाे हाे । सभाले २३.८० प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि १.२५ प्रतिशत नगद लाभांशसहित २५.५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गर्नेछ । सभाले बोनस सेयर वितरणपछि २७ प्रतिशत हकप्रद सेयर खुलाउने, प्रबन्धपत्र तथा नियमावली… पुरा पढौ

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको फराकिलाे अग्रता

फिक्कल (इलाम), १७ वैशाख । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले सात हजार ६ सय ७७ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त… पुरा पढौ

वैशाख १९ देखि चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं, १७ वैशाख । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो । काठामाडौँस्थित चिनियाँ दूतावासले एक सूचना जारी गरी नेपाली नागरिकबाट चिनियाँ… पुरा पढौ

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

काठमाडौं १७ वैशाख । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गरिएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरे। काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०÷१३२ केभी, ३२० एमभिए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।… पुरा पढौ

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं, १७ वैशाख। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने माैसम विज्ञान पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी, मधेस र कोशी प्रदेशका केही र बाँकी भू-भागको… पुरा पढौ

इलाम र बझाङमा एमालेका उम्मेदवार अगाडी

काठमाडाैं, १६ वैशाख । इलाम क्षेत्र नम्बर २ तथा बझाङ प्रदेश सभाको उपनिर्वाचनकाे जारी मतगणनामा एमालेका दुबै उम्मेद्वार अगाडी रहेका छन् । इलाममा अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ५४२ मत प्राप्त गरेका छन्। सुरूमा अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अहिले पछि परेका छन् । खड्काले २ हजार १९७ मत पाएका छन्। नेम्वाङ ३४५ मतान्तरले अघि रहेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ५९३… पुरा पढौ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले भने,-‘नेपालमा लगानीमैत्री वातावरण छ’

काठमाडौं, १६ वैशाख । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको र लगानीको प्रचुर सम्भावना रहेकामा जोड दिएका छन् । आजदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको पछि सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा उनीहरुले नेपालमा आफूहरुले गरेका सफल व्यवसायका बारेमा जानकारी गराउँदै प्रचुर लगानीको सम्भावित बारेमा पनि धारणा व्याक्त गरेका हुन्। दोस्रो मुख्य सत्रमा अध्यक्षता सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले गरेका थिए । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा लगानी… पुरा पढौ

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरू माझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएका छन् । मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सवस्टेसनको आज उद्घाटन गर्दै उनले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको जानकारी दिए । “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत्… पुरा पढौ