मुख्य समाचार

उद्योग विभागमार्फत रू ९ अर्ब १३ करोडकाे लगानी स्वीकृत

काठमाडौं, १७ वैशाख । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यवसायिक भवन निर्माणका लागि रु तीन अर्ब स्वीकृत भएकाे छ । संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका… पुरा पढौ

महोत्तरीको जलेश्वर भन्सारबाट ९ महिनामा २ अर्ब ३५ करोड राजश्व सङ्कलन

जनकपुर, १७ वैशाख । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताए। सो अवधिमा रु दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार आठ सय ९ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिकमन्दीका कारण… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, करिब ३ अर्बको कारोबार

काठमाडाैं, १७ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । सेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८० को विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स १.१४ अंकले बढेर ३५१.९५ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा भने रातो लागेको छ । यसदिन कुल ३१७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७३… पुरा पढौ

बझाङ प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी विजयी

काठमाडौं, १७ वैशाख । बझाङ प्रदेशसभा १ को १ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । एमालेका भण्डारीले २६६ मतको अन्तरले सिंहलाई हराएका हुन् । माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो र  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए ।फाेटाे-भूमिराज पिठाताेली पुरा पढौ

इलाममा एमालेका सुहाङ भारि मतान्तरसहित अगाडी

काठमाडौं, १७ वैशाख । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले भारि मतकासाथ अग्रता कायम राखेका छन् । उनले ११ हजार ६१९ मत पाएका छन् । उनकाे पछि रहेका कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाएका छन् । तेश्राेमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ५९६ मत मात्र पाएका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेकाे छ ।… पुरा पढौ

चिनियाँ लगानी सहजीकरणका लागि भए दुई समझदारी

काठमाडाैं, १७ वैशाख । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो । नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा… पुरा पढौ

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य (विचार)

काठमाडौं, १७ वैशाख । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ । गोरखा भूकम्प, कोभिडपछि लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको छ भने विश्वमा आएको आर्थिक मन्दीको असर हाम्रोजस्तो मुलुकमा बढी नै परेको सन्दर्भमा बाह्य लगानीको ठूलो महत्व र आवश्यकता रहेको छ । नेपालले पनि विभिन्न समयमा यस किसिमका सम्मेलनहरु आयोजना गर्दै आएको छ तर लगानीकर्ताहरुका लागि… पुरा पढौ

इलाम उपनिर्वाचन: एमालेका सुहाङकाे अग्रता कायमै

फिक्कल (इलाम), १७ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्बाङकाे अग्रता बड्दो क्रममा छ । सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन्। नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका… पुरा पढौ

सुनमा रुपैयाँ ४ सयले गिरावट, चाँदीको बढ्यो

काठमाडौं, १७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले बृद्धि भएको जनाएकाे छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै नबिल बैंक

काठमाडाैं, १७ बैशाख । नेपालकाे अग्रणी बित्तिय संस्था नबिल बैंक लिमिटेडले केही संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । हाल बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।   सेयर खरिदका लागि पहिलाे चरणमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदकाे लागि आवेदन दिन सक्नेछन् । सूचना प्रकशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बताइएकाे छ ।   निर्धारित समयभित्र सेयर खरिदका लागि पुरा आवेदन प्राप्त नपरेमा अन्य व्यक्ति तथा… पुरा पढौ