मुख्य समाचार

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागी ५ करोड सहयोग

काठमाडौं, ११ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। नदीको तीव्र बहावले सयौँ नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा… पुरा पढौ

भोटेकोशी बाढीः खोज तथा उद्धारमा ७ हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ भदौ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना सुरक्षाकर्मी परिचालन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार तीन सय १८, नेपाली सेनाका दुई हजार तीन सय ५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार सात सय ४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभएको छ । बाढी प्रभावित क्षेत्रमा हालसम्म दुई सय ३९ वटा हेलिकोप्टर उडानमार्फत खोज… पुरा पढौ

भोटेकोशी र त्रिशूली करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली (नुवाकोट), ११ भदौ। भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पुर्‍याएको छ । जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिनुभयो । नुवाकोटमा उत्पादित विद्युत् काठमाडौँ पठाइएको किस्पाङ–५ पैरेबेँसीस्थित सवस्टेशन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रलाई… पुरा पढौ

संकटमा सहकार्य : ‘पीडितको सहारा बनौँ, पुनर्निर्माणमा जुटौँ’-शंकर भण्डारी

काठमाडाैं, ११ भदाै । नेपालका विभिन्न भूभागमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याउँदै देशैभर गम्भीर र दुःखद् वातावरण सिर्जना गरेको छ। कैयौँ नागरिक प्रभावित भएका छन्; धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन् भने कतिपय घाइते र सम्पर्कविहीन अवस्थामा छन्। सडक, पुल, विद्युत्, सञ्चार, घरबस्ती तथा अन्य भौतिक संरचनामा अपूरणीय क्षति पुगेको छ। यस्तो संवेदनशील परिस्थितिमा आरोप-प्रत्यारोप र राजनीतिक विवादमा अल्झिनुको साटो पीडितको जीवन रक्षा, घाइतेको उपचार, द्रुत राहत र सम्मानजनक पुनर्स्थापना लागि सम्पूर्ण देश एक ढिक्का भएर… पुरा पढौ

थप ठूलो बाढी आउने हल्ला सत्य नभएको पूर्वानुमान महाशाखाको भनाई

काठमाडौँ, ११ भदौ। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ । उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी… पुरा पढौ

मुस्ताङमा स्याउ टिप्न कार्यतालिका सार्वजनिक

मुस्ताङ, ११ भदौ। हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने भदौ २२ गतेपछि मात्रै टिप्न सकिनेछ । उक्त कार्यतालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले जानकारी दिनुभयो । मुस्ताङका किसानले स्थानीय र हाइब्रिड स्याउ खेती गर्दै आएका छन् । स्याउको ‘सिजन’ सुरु भएसँगै व्यापारी मुस्ताङ आउन थालेका छन्… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ११ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ६० पैसा र बिक्रीदर २०८ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २७ पैसा कायम… पुरा पढौ

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन, ११ भदौ। चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने… पुरा पढौ

बागमती, गण्डकी र लुम्बिनीकामा भारी वर्षाकाे सम्भावना

काठमाडौं, ११ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाद्वारा यहाँ जारी मौसम बुलेटिनका… पुरा पढौ

त्रिशूलीको बाढीले फुर्केखोला पुल बगायो

धादिङ बेशी, १० भदौ। त्रिशूली नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोला पुल बगाएको छ । पुल बगाएसँगै धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ । फुर्केखोला पुल हुँदै धादिङको सद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनिया बास, रुवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ । https://youtube.com/shorts/F26NEqztHQM?feature=share भोटेकोशी नदीमा आएको बाढिले त्रिशूली नदीमा पानीको बहाव बढ्दा फुर्के खोलास्थित पुल बगाएको हो । उक्त पुल धादिङ बेशी तथा जिल्लाको उत्तरी क्षेत्रलाई मलेखु… पुरा पढौ