मुख्य समाचार

धितोपत्र बोर्डद्वारा नेप्सेलाई १९ बुँदे कडा निर्देशन

काठमाडौं, १० भदौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले सेयर कारोबारलाई थप सुदृढ, प्रभावकारी, सुरक्षित र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (NEPSE) लाई १९ बुँदे निर्देशन जारी गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार बोर्डको नियमन विभागले नेप्सेका नाममा यो निर्देशन दिएको हो। १. एआई प्रविधिको प्रयोगमा तत्काल रोक र अध्ययन कारोबार व्यवस्थापन प्रणाली (TMS) मा कृत्रिम बौद्धिकता (AI) का आधारमा कारोबार आदेश प्रविष्ट हुने व्यवस्थाको पहिचान गरी अर्को व्यवस्था नभएसम्मका लागि रोक्न बोर्डले… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १० भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९० रुपैयाँ ५९ पैसा कायम… पुरा पढौ

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा हल्का वर्षा

काठमाडौं, १० भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया… पुरा पढौ

आज संसदमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ, १० भदौ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१÷८२ प्रस्तुत गर्नुहुनेछ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति… पुरा पढौ

साताको दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम ४ अर्ब माथि

काठमाडौं, ९ भदाै। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा झरेको छ। परिसूचकसँगै प्रमुख सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इण्डेक्स ०.५० अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंकले घटेका छन्। कारोबार रकममा भने सुधार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा उल्लेख्य… पुरा पढौ

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हाे-उपराष्ट्रपति यादव

काठमाडौं, ९ भदाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताउनुभएको छ। मंगलबार काठमाडौँमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालद्वारा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणमा अटो शोले सशक्त मार्गचित्र कोर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले पेट्रोलियम पदार्थको आयात घटाई विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो। "नेपाल जलविद्युत्‌मा धनी देश भएकाले इन्धन आयातमा अर्बौैँ रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै… पुरा पढौ

व्यवसायीको मनोबल खस्कियो, अर्थतन्त्रको ‘रिइन्जिनियरिङ’ आवश्यक: अध्यक्ष श्रेष्ठ

काठमाडाैं, ९ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योगी-व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँमा आयोजित ‘नाडा अटो शो २०२६’ को भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले भोगिरहेको संकट र सरकारको शिथिलतातर्फ ध्यानाकर्षण गराएका हुन्। सम्बोधनका क्रममा श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी र निजी क्षेत्रको सुस्तता केवल अस्थायी समस्या मात्र नभई संरचनात्मक कमजोरीको उपज भएको उल्लेख गरे। बैंक तथा वित्तीय… पुरा पढौ

राष्ट्र बैंकसँग ६ वटा बैंकले मागे लाभांश वितरणकाे स्वीकृति

काठमाडाैं, ९ भदाै। नेपाल राष्ट्र बैंकसँग ६ वटा बैंकले लाभांश वितरणकाे लागि स्वीकृति माग गरेका छन। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न बैंकहरूले पूर्वस्वीकृति मागेका हुन। गत आर्थिक वर्षको बाह्य लेखापरीक्षण सम्पन्न गरेका नबिल बैक, एभरेस्ट बैक, सानिमा बैक, माछापुच्छ्रे बैक र कुमारी बैंकसहित नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणाको प्रक्रिया अघि बढाउँदै केन्द्रीय बैंकमा निवेदन दिएकाे बताइएकाे छ। सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरणअनुसार निवेदन दिएका यी बैंकहरूमध्ये एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा उच्च (३८.३२… पुरा पढौ

उपराष्ट्रपति यादवले गरे ‘नाडा अटो शो’ काे समुद्घाटन

काठमाडौं, ९ भदौं । बहुप्रतिक्षित 'नाडा अटो शो २०२६' आजदेखि काठमाडौमा शुरु भएकाे छ । भृकुटीमण्डपमा शुरू भएकाे ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले औपचारिक समुद्घाटन गरेकाे नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सफल आवाजलाई बताए। यस अटो शो मा ५३ सवारीका ब्राण्ड, ७० पार्टस् तथा सेवा कम्पनी र ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् । अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था… पुरा पढौ

बेनी हाइड्रोपावरकाे आईपीओ निष्काशन भदौ २२ देखि

काठमाडौं,९ भदौ । बेनी हाइड्रोपावर लिमिटेडले आगामी २०८३ भदौ २२ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ६३ हजार २ सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुल्ला गर्न लागेको बताइएकाे छ । ताेकिएकाे अवधिमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र… पुरा पढौ