मुख्य समाचार

लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हुरीबतासको सम्भावना

काठमाडौं, ६ वैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी प्रदेशका पहाडै क्षेत्रका… पुरा पढौ

२९औं वन्यजन्तु सप्ताहमा बूढीराप्ती क्षेत्रमा सरसफाइ

नारायणगढ , ६ वैशाख । चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहास्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए। वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको… पुरा पढौ

तातोपानी नाकाबारे सर्वपक्षीय छलफल

सिन्धुपाल्चोक,५ वैशाख। पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा आज तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ । सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन तथा चुनौतीबारे… पुरा पढौ

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, ५ वैशाख । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिएका छन । “नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि कक्षा १ मा छोराछोरीलाई भर्ना गराउने अभिभावकलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ”, उनले भने, “यसले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने… पुरा पढौ

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, ५ वैशाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । आकिहिको निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्। दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री पुनले भेटवार्ता गरेका थिए । सो अवसरमा अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाडौँमा विश्व बैंक… पुरा पढौ

यसकारण घट्याे ज्योति बिकास बैंकको नाफा

काठमाडाैं, ५ वैशाख । ज्योति विकास बैंककाे नाफामा कमि भएकाे छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार बैंकको खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा घटेको हाे । यस आर्थिक वर्षको पहिलो ९ महिनासम्म बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गएकाे वर्षको सोही अवधिकोभन्दा २४.४० प्रतिशतले कमि हो। गएकाे वर्षमा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो। इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घटेकाे हो। तर ब्याज… पुरा पढौ

जेएमई र मनिग्राम इन्टरनेशनलबीच साझेदारी सम्झौता

काठमाडौं, ५ वैशाख । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो पहुँच बिस्तार गरी ग्राहक सदस्यलाई जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गरेको जेएईका अध्यक्ष ओम गुरुङले बताए । जापान मनी एक्सप्रेसले आफ्ना ग्राहक सदस्यलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरी सोबाटै आफैँले पैसा पठाउन सकिने व्यवस्था मिलाएको छ । आफूले पठाउने… पुरा पढौ

बुधबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावालको सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको जनाएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ । यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा नै कारोबार भएको… पुरा पढौ

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्दै, यूरो घट्यो

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहिको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा… पुरा पढौ