मुख्य समाचार

आईपीओ जारी गर्ने तयारीमा प्रभु केबुलकार

काठमाडाैं, ५ वैशाख । प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले सेयर (आईपीओ) खुलाउने भएको छ । कम्पनीले सो कार्य गर्न बिक्री प्रबन्धक नियुक्तिको आवेदन माग गरेकाे छ । बिक्री प्रबन्धक प्रतिस्पर्धाबाट छनोट गरिने भएकाेले आईपीओ खुलाउनका लागि कार्य अघि बढाउन शिलबन्दी आवेदन माग गरिएको छ । कम्पनीले प्रिमियम भाउमा आईपीओ जारी गर्ने जनाएकाे छ । कम्पनीका तीन वटा केबुलकार परियोजना रहेका छन्। यसमा बुटवलमा रहेको सिद्धार्थ केबुलकार अब केहि समयमै सञ्चालनमा आउदैछ । सिद्धार्थ केबुलकारकाे लागत १ अर्ब रहेकाे छ ।… पुरा पढौ

योयो प्लाइउड उद्योगमा ३ सय मजदुरलाई रोजगारी

बाँके, ५ वैशाख । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा ३ सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत ४ वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ । उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताए। “कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका… पुरा पढौ

आज सार्वजनिक बिदा : सेयर बजारकाे काराेबार नहुने

काठमाडौं, ५ वैशाख । आज राम नवमी पर्व मनाइदैछ । सरकारले राम नवमीकाे अवसर सार्वजनिक बिदा दिएकाे छ । बिदाकाे कारण सेयर बजारकाे काराेबार बन्द हुने भएको छ । यस बिदामा सरकारी कार्यालय, सेयर बजार-तथा बैंक–वित्तीय संस्थाहरूकाे काराेबार बन्द हुने भएका छन् । अब सेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे काराेबार वैशाख ६ गते हुनेछ ।  मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेकाे थियाे । २ अर्ब १० करोड बढीकाे सेयर कारोबार भएको थियो । पुरा पढौ

आज रामनवमी मनाइँदै

काठमाडौं, ५ वैशाख । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीद्वारा श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।… पुरा पढौ

अस्ताए साहित्यकार प्रकट पगेनी ‘शिव’

पोखरा, ४ वैशाख । गीतकार एवं गजलबार प्रकट पगेनी “शिव” को निधन भएको छ । जण्डिस र निमोनियाले ग्रसित पगेनीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो निधन भएको हो । अवस्था गम्भिर देखिएपछि भेन्टलेटरमा राखेर उपचार भईरहेकोमा उनको निधन भएको पोखरेली युवा सांस्कृति परिवारले जनाएको छ । उनको उपचारको लागि पोखरेली युवा सांस्कृतिक परिवारले संस्थाको तर्फबाट रुपैयाँ २५ हजार राखेर उपचार कोष स्थापना गरेको थियो । ७० वर्षिय गीतकार पगेनीका श्रीमती, एक… पुरा पढौ

कानुनको सफल कार्यान्वयनले मात्रै सुशासनकाे प्रत्याभूति हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आज आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत… पुरा पढौ

नेप्से १९९१.१ विन्दुमा झर्यो, २ अर्ब १० करोडको कारोबार

काठमाडौं, ४ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ । यसअघि सोमबार पनि सेयर बजार राताम्मै भएको थियो । नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको थियो भने सेन्सेटिभ इण्डेक्स २.४२ अंकले घटेर ३५५.७८ विन्दुमा रहेको थियो । यसदिन नेप्सेमा १४.८१ अंकको गिरावट भई नेप्से परिसूचक १९९१.७१ विन्दुमा झरेको छ । नेप्सेमा ०.७३ प्रतिशतले गिावट सेन्सेटिभ इण्डेक्स २.२६ अंकले घटेर ३५३.५१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये सबै राताम्मै भएका… पुरा पढौ

नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, ४ बैशाख । नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। “नेपाल एसबिआई ऋणपत्र २०९०” नामक उक्त ऋणपत्रकाे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन्। उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको… पुरा पढौ

देश र जनताकाे काममा विलम्ब नगरौं: सांसद महतो

काठमाडौं, ४ वैशाख । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् । अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी–व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन् । सुशासनको प्रत्याभूति हुनसकेको छैन । सरकारले… पुरा पढौ

वीरगञ्ज महानगरले सङ्कलन गर्याे ३६ करोड राजस्व

वीरगञ्ज ४ वैशाख । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा ३६ करोड ७६ लाख ९ हजार ३ सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट ४ करोड ५५ लाख ७५ हजार ८ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ। वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत… पुरा पढौ