मुख्य समाचार

सिजिकाे ‘वाइवाई’ अब सेयर बजारमा सूचिकृत हुने

काठमाडौं, ४ वैशाख । सिजिकाे वाइवाई चाउचाउ पनि सेयर बजारमा आउने भएकाे छ । सेयर बजारमा सूचीकृत हुनका लागि तयारी भइरहेकाे जनाइएकाे छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सन्जाल एक्समा लेखेका छन्, अब वाइवाई नुडल्सले आइपीओ ल्याउने तयारी गरेको छ । ‘नेपालमा आइपीओ जारी गर्नका लागि हामीले तयारी गरिरहेका छौं ।’ हामी उत्साहित भएका छाैं । सेयर बजारमा प्रतिष्ठित कम्पनीहरू पनि आउनु पर्ने आवाज उठिरहेकाे बेला लाेकप्रिय उत्पादन वाइवाई चाउचाउ सेयर बजारमा सूचीकृत हुन आउने कुरा सुखद्… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्याे

काठमाडौं, ४ वैशाख । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । आज मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो । नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ… पुरा पढौ

गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

कास्की, ४ वैशाख । गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले… पुरा पढौ

पूर्वाधार निर्माणमै ‘ब्रेक थ्रू’, मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश

कीर्तिपुर, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रू’ गरेपछि मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा सम्बद्ध विज्ञहरुले गरेका छन् । यद्यपि छिचोलिएको यो सुरुङमार्ग प्रयोगमा आउन भने एक वर्षभन्दा बढी समय लाग्नेछ । यस अगाडिसम्म राज्यको आम जनतासम्म सडक सुविधाको पहुँच पुर्याउने लक्ष्य रहने गरेकामा अब आवागमनलाई छिटो र सहज बनाउने चरणमा प्रवेश गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउछन्। “करिब ९० जनता आफू बसेको ठाउँबाट बढीमा एक घन्टाको दूरीमा सडक भेटछन् भन्ने… पुरा पढौ

सरकारले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको तयारी गर्दै

काठमाडौं, ३ वैशाख । नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ । आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गरे । उनले पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको… पुरा पढौ

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताएका हुन । “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता… पुरा पढौ

सेयर बजार राताम्मै, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, ३ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिम इण्डेक्स २.४२ अंकले घटेर ३५५.७८ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७२ लाख २३ हजार ७७३ कित्ता सेयरको खरिद बिक्रीबाट २ अर्ब ७९ करोड ७५ लाख ७७… पुरा पढौ

८६ करोडकाे लागतमा बन्दीपुरमा बन्याे अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क

तनँहु, ३ वैशाख । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुर हिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ। बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो । यही वैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा केबलकारकोसमेत विधिवत्रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिए । उनका अनुसार ५ वर्षअघिदेखि ५६ रोपनी… पुरा पढौ

यस्ताे छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका

काठमाडौँ, ३ वैशाख। यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ। लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन्। ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको… पुरा पढौ

नियम होइन, नियत बदल्नुपर्छः सांसद चालिसे

काठमाडौं, ३ वैशाख । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझैपनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबीच घोचपेच, मनमुटाव, जुहारी र बैठक निरन्तर अबरुद्ध हुँदा संसद् र सांसदप्रति जनताको बुझाइ त्यति सकारात्मक रहेको देखिन्न । सङ्घीय संसदमा यो मेरो पहिलो अभ्यास र अनुभव हो । सबै आ-आफ्नो स्वार्थमा केन्द्रित रहने, पार्टीभित्र पनि गुट उपगुट चल्ने, जनताको समस्या र पीरमर्कामा ध्यान कसैको नहुने कारणले सांसदको ओज र गरिमा खस्केको छ । कानून निर्माण मुख्य जिम्मेवारी भएपनि संसद् र… पुरा पढौ