पाेखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पोखरा आजदेखि नेपालको पर्यटन राजधानी भएकाे घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै उनले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकाे बताए । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । पर्यटकीय राजधानी घोषणा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरका रूपमा विकास गर्न सरकारले…
पुरा पढौ