मुख्य समाचार

किवीखेतीबाट फाइदा लिदै किसान

फिक्कल (इलाम), ३ चैत । सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन् । किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए । “किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,” उनले भने। सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किवीखेती गरेका छन् । “अलैँचीको विकल्पका रुपमा किवीखेती विस्तार गरेको छु,” उनले भने, “अलैँचीमा… पुरा पढौ

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

काठमाडौं, ३ चैत । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरिएको हो । सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो… पुरा पढौ

शक्ति र पहुँच नभई आवश्यकता हेरेर बजेट छुट्याउनुपर्छ : सांसद शाह

काठमाडौं, ३ चैत । संसदमा विधायिकी भूमिका कमजोर भएको भनेर पछिल्लो समय आलोचना भइरहेको छ । यसमा एक हदसम्म सत्यता छ । कानुन निर्माणमा हामी ढिला भइरहेका छौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै सङ्घीय कानुन निर्माणमा विलम्ब भएकै हो । संसदमा आएका विधेयकमाथि पर्याप्त छलफल हुन सकेका छैनन् । संसदीय समितिले पनि कार्यतालिका मिलाउन नसक्दा विधेयकमाथि सुझाव दिने प्रक्रिया सुस्त छ । तर पछिल्लो सयम संसद र विषयगत समितिलाई पर्याप्त समय छुट्याउने गरी कार्यतालिका बनाइएको छ । समितिमा पनि समय… पुरा पढौ

१८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन निर्माण गर्न एमसीएले टेण्डर निकाल्याे

काठमाडौ, ३ चैत । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको टेन्डर आह्वान गरेको छ। ४ सय केभी क्षमताको उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नेसम्मको काम गर्न टेन्डर आह्वान गरिएको हाे । टेन्डरमा सहभागी हुन चाहने निर्माण कम्पनीहरूले आगामी २०८० जेठ ३ गतेसम्म आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख गरिएकाे छ। एमसीसीको सहयोगमा बन्ने प्रसारण लाइन चार खण्डमा निर्माण हुनेछ । एमसीसीअन्तर्गतका ठेक्काहरु मूल्य तथा गुणस्तर दुवैलाई ध्यान दिएर लिइने एमसीएले जनाएको छ… पुरा पढौ

डिप्रोक्स लघुवित्तले शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं, ३ चैत । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत अर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाइ उक्त लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको बताएकाे छ । लघुवित्तले चैत २५ गते सौराहा, चितवनमा बाईसौँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजे देखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न… पुरा पढौ

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

काठमाडौँ, ३ चैत । सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरिएको हो । सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको… पुरा पढौ

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभाबाट ४ जना संचालकहरु निर्विरोध निर्वाचित

काठमाडाैं, ३ चैत। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलाे वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय न्यूरोड पोखरामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेकाे अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । कम्पनीको प्रथम साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल भई सर्वसम्मतिले पारित भएको थियाे ।   सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, कम्पनी सचिव,कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीहरुको सहभागिता थियो।  इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक… पुरा पढौ

डिजेल, मट्टितेल र पेट्रोलको भाउ घट्यो

काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको हाे । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ… पुरा पढौ

सौन्दर्यकरण : महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगर (कञ्चनपुर), ३ चैत । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सहयोगमा बजार सौन्दर्यकरण गरेको जनाएको छ । सङ्घले नगरपालिकालाई पेन्टिङ गर्न रङको व्यवस्थापनका लागि अनुरोध गरेको र सोहीबमोजिम… पुरा पढौ

सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका कार्यक्रम फिर्ता

काठमाडौं, २ चैत । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो । सहमतिपछि लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ । लघुवित्त कम्पनीहरूका लागि नियामक नेपाल राष्ट्र बैंकले जारी गरेका नियम तथा निर्देशनहरू प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छन् । राष्ट्र बैंकको निर्देशनबमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन… पुरा पढौ