मुख्य समाचार

बैङ्किङ क्षेत्रकाे दुष्प्रचार नगर्न राष्ट्र बैङ्ककाे आग्रह

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडी नलाग्न सबैमा आग्रह गरेको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध गरेको हाे । “नेपाल राष्ट्र बङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति केन्द्रीय बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ”, सूचनामा… पुरा पढौ

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक, ९ फागुन । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरु पुगेको दुखेसो पनि गरेका छन् । विगत चार वर्ष अघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केहि दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हिमपातको सम्भावना

काठमाडाैं, ९ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएकाे छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाकाे सम्भावना रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै… पुरा पढौ

होटल म्यानेजमेन्ट कलेजद्वारा बीबीए, बीबीए बीआई र बीएचएम उतिर्ण विद्यार्थीलाई सम्मान

पोखरा, ८ फागुन । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले स्नातक तह उतिर्ण गरेका विद्यार्थीहलाई आज वधाई ज्ञापन गर्दै सर्टिफिकेट हस्तान्तरण गरेको छ । कलेजमा आयोजना गरिएको समारोहमा बीबीए, बीएचएम र बीबीए बीआई उतिर्ण गरेका विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, हरिहर पौडेल, दीनेश कुमार यादव, बोर्ड सदस्य जयराम हमाल लगायतले टीका, खादा लगाएर सर्टिफिकेट हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कलेजका अध्यक्ष अशोक पालिखेले आफ्ना छोराछोरीहरुको… पुरा पढौ

एमसीसी कार्यान्वयनको ६ महिनामा जग्गा प्राप्ति पनि भएन, ठेक्का प्रक्रिया समेत अनिश्चित

काठमाडौँ, ८ फागुन । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागू भएको करिब ६ महिना पुग्न लागेकाे छ । एमसीसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने (इन्ट्री इन टू फोर्स–इआइएफ) चरणमा गइसकेको छ । परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भएको छ महिना बितिसक्दा पनि प्रारम्भिक चरणका कामसमेत टुङ्गिएका छैनन् । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बनाउने भनिएका विद्युत् प्रसारणलाइन र सडक निर्माणका काम सुस्त छ । आयोजनाको जग्गा अधिग्रहण… पुरा पढौ

वीरगञ्जमा पुनः निषेधाज्ञा जारी

वीरगन्ज, ८ फागुन । वीरगन्जमा हिजोदेखि जारी निषेधाज्ञा आज बिहान ४ घण्टा हटाएर पुनः लगाइएको छ । रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगन्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन। स्थानीय… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, ८ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले घटेर ३६४.३२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । उनीहरुको ९३ लाख ४२ हजार… पुरा पढौ

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित

सोलुखुम्बु, ८ फागुन । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले… पुरा पढौ

फरक क्षमता भएका व्यक्तिका लागि विशेष काउन्टर तथा एटिएमकाे ब्यवस्था गर्न बैंकहरुलाई राष्ट्र बैंककाे निर्देशन

काठमाडौं, ८ फागुन । फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिका लागि विशेष काउन्टर र एटिएमकाे ब्यवस्था गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएकाे छ । यस्ता व्यक्तिहरुलाई विशेष काउन्टर तोक्नुपर्ने नियम नै रहेको भन्दै राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर याे निर्देशन दिएकाे हाे । स्थाीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा १ शाखा र एटीएम लाउञ्ज भएका स्थानमा १ वटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने जारी सूचनामा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयमले… पुरा पढौ

‘एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रम’का लागि उपाध्यक्ष श्रेष्ठकाे टाेली बैंकक प्रस्थान

काठमाडौं, ८ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायत रहेका छन । बैंकक स्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा फ्रेवुअरी २० देखि २३सम्म संचालन हुने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३,… पुरा पढौ