मुख्य समाचार

यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

काठमाडाैं, ७ फागुन । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) फाल्गुन ६ गते काठमाण्डौंमा सम्पन्न भएकाे छ । साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १,९०,४५,६८,००० कायम भएको थियो । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स… पुरा पढौ

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियाे राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

काठमाडौं, ७ फागुन । १२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएकाे छ । जारी घोषणापत्रमा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने जनाइएकाे छ । घोषणापत्रमा तेस्रो सम्मेलनले तय गरेकाे ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई पूरा गरिने भएकाे छ । घोषणापत्रमा लघुवित्तमा देखिएका विकृति विसंगतिकाे अन्त्य, लक्षित समूहलाई सुसूचित गराउन अभियान शुरू गर्ने, अनशासन कायम राख्ने, आचरण तथा व्यवहारमा सुधार गर्ने, विपन्न महिलाकेा लागि कर्जा तथा बचतका लागि सहयाेग गरिने भएकाे छ ।… पुरा पढौ

हिमालयन रि र एशियन लाइफकाे सेयररमूल्य समायोजन

काठमाडाैं, ७ फागुन । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएकाे छ। दुबै कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लाेज गरेका छन् । हिमालयन रि इन्स्योरेन्सले आज बुकक्लोज गरेको छ । एशियनले लाइफले मंगलबार बुकक्लोज गर्ने जनाएकाे छ। आज प्रजातन्त्र दिवसको सार्वजनिक बिदा परेकाे कारण सेयर काराेबार हुँदैन । यसैकाे कारणा नेप्सेले एशियन लाइफको शेयरमूल्यलाइ पनि आजै समायोजन गरेको जनाएकाे छ । हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन… पुरा पढौ

आज सार्वजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्था बन्द हुने

काठमाडौं, ७ फागुन । आज सोमबार सेयर बजारकाे काराेबार नहुने भएकाे छ । आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण काराेबार नहुने भएकाे हाे । आज सेयर बजारका साथसाथै बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू पनि बन्द रहने भएका छन्। बिदाकाे कारण बन्द भएकाे अर्थ बजार मंगलबार खुल्नेछ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा राेकिएकाे थियाे । पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, धेरै स्थानमा बदली

काठमाडाैं, ७ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को प्रभावका कारण सोमबार देखि शुक्रबार सम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबार देखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का देखि… पुरा पढौ

हाम्राे लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हाे : अध्यक्ष ओली

घोडाघोडी (कैलाली), ६ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताएका छन्। नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए। उनले भने, “राजनीतिक क्षेत्रमा बलिदान ग¥यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ ।” अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “राष्ट्रियता कमजोर भएको छ ।” आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने… पुरा पढौ

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडौं, ६ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। सरकारका प्रवक्ता शर्माले भनिन्,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।” त्यसैगरी सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४… पुरा पढौ

मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध रु छ करोड ९७ लाख ८३ हजार एक सय ७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका… पुरा पढौ

आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखे। आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । सांसद सुवालको उक्त प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ ४ गते आर्थिक कार्यविधि तथा… पुरा पढौ

नेप्सेमा २७.२१ अंकको गिरावट, पौने चार अर्बको कारोबार

काठमाडौं, ६ फागुन साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.२१ अंकले घटेको छ । यसरी घटेको नेप्से २०३४.८२ विन्दुमा झरेको छ । नेप्सेमा १.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३५ अंकले घटेर ३६५.२० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये सबै राताम्मै भएका छन् । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयरको खरिदबिक्रीबाट ३… पुरा पढौ