मुख्य समाचार

राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा

लिस्बन, ६ फागुन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले नयाँ राहदानी बनाउन र नवीकरण गर्न बनाउन नपाउँदा समस्यामा परेका हुन् । राहदानीको समस्याले गर्दा विशेषतः पोर्चुगल बसाइको वैधानिकताका लागि यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू बढी मारमा परेका छन् । पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको… पुरा पढौ

आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्छ : उद्योगी

काठमाडौं, ५ फागुन । उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनको आज उद्घाटनमा उनीहरुले समय सापेक्ष नीति परिमार्जन हुनुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजस्व परामर्श समिति र सरकारका अन्य समितिमार्फत व्यवसायीलाई परेको समस्या समाधानका चेम्बरले अग्रणी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। “समयअनुसार ऐन परिवर्तन हुँदै जानुपर्छ, उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधानमा व्यवसायी एकजुट हुनुपर्छ”, उनले भने। उनले छिमेकी मुलुक भारतसँग रु चार… पुरा पढौ

सार्वजनिक स्थानमा २ हजार थान फोहर सङ्कलनकाे ‘बिन’ राख्दै काठमाडौं महानगरपालिका

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर सङ्कलन बिन राख्ने भएको छ। महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन्। यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो । उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग… पुरा पढौ

फरक ढङ्गले काम नगरेसम्म परिणामको आशा गर्न सकिँदैन: सांसद डा. कार्की

काठमाडौं, ५ फागुन । संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ । संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौँ भने हामीले शैली बदल्नै पर्छ । शैली बदल्नका लागि नियत बदल्नुपर्छ, नियत बदलियो भने मात्र भएका नीतिले काम गर्छ भन्ने मैले अनुभूत गरेकी छु । राष्ट्रिय स्वतन्त्र… पुरा पढौ

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणकाे ३१ प्रतिशत काम सकियो

निजगढ, ५ फागुन । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/0८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको हाे । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए । “ठेक्का लागिसकेका काममा प्रगति… पुरा पढौ

आजदेखि काठमाडाैंका यी स्थानमा २ महिनासम्म जुलुस, प्रदर्शन, घेराउ र सभा गर्न निषेध

काठमाडौं, ५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगतमा निषेधित क्षेत्र तोकिएका स्थानलाई आगामी दुई महिनासम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित स्थलका रुपमा निरन्तरता दिएको छ । यही फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासको पूर्व पुरानो पवित्र वर्कसप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण… पुरा पढौ

२१ मेगावाटकाे ठूलोखोला जलविद्युतकाे ठाडो सुरुङ ब्रेक थ्रु

म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ब्रेक थ्रु भएको छ । इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको एक सय तीन मिटर लामो ठाडो सुरुङ र विद्युत्गृहतर्फबाट खनिएको चार सय ९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए। संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको दुई हजार… पुरा पढौ

आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल चयन

काठमाडौं, ५ फागुन । नेपाल आँखा अस्पतालको उन्नाइसौँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चारवर्षे कार्यकालका लागि अस्पतालको भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा. पोखरेललाई चयन गरको हो । चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ । नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित भए । उनीहरु सवै अस्पतालका आजिवन सदस्य… पुरा पढौ

बैंकका सबै बित्तीय सूचकहरू उत्कृष्ट छन : एनआईसी एशिया

काठमाडौं, ४ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले सबै बित्तीय परिसूचकहरू उत्कृष्ट रहेकाे जनाएकाे छ । बैकले चालु अर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुरूप नै सबै सूचकहरू उत्कृष्ट रहेकाे बताएकाे हाे । बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये सधैं उत्कृष्टमा पर्दै आएको छ। कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको बैंकका सूचना अधिकारी अर्जुन राज खनियाले बताएका छन । ‘बैंक प्रत्येक आर्थिक… पुरा पढौ

आर्थिक समृद्धिका लागि दलीय सहकार्य जरूरी : अध्यक्ष ओली

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरु कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताए । उनले परस्परिक हित, लाभ र सामाजिक… पुरा पढौ