मुख्य समाचार

भारतीय रिजर्भ बैंक र नेपाल राष्ट्र बैंकबीच क्रस बोर्डर भुक्तानी सम्झौता

काठमाडौं, ४ फागुन। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ । भारतको नयाँ दिल्लीमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन सम्बन्धी सम्झौता भएको हाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय आरबीआईका गभर्नर शक्तिकान्त दासले सम्झौता पत्रमा हस्ताक्षर गरेकाे जनाइएकाे छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणका क्रममा क्रस बोडर पेमेन्ट गर्ने सहमति भएकाे थियो । पुरा पढौ

कृषिको विकासले गरिबी घटाउन सकिन्छ : राष्ट्रपति पौडेल

काभ्रेपलाञ्चोक, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन्। ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। “गरिबीको रेखाभित्रका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु”, राष्ट्रपति पौडेलले भने, “मुलुकमै उत्पादन र रोजगारी… पुरा पढौ

मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने कम्पनीकाे दावी

पर्वत, ४ फागुन । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए। मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको दाबी छ । “मुक्तिनाथ जाने… पुरा पढौ

नेपाल मेडिकल कलेजमा विशेषज्ञ चिकित्सकका लागि राेजगारीकाे अवसर

काठमाडौं, ४ फागुन । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाडौंमा रहेको याे कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति… पुरा पढौ

हिम रिभर पावर र पियोर इनर्जी लिमिटेडले २९ कराेड बराबरकाे आइपीओ जारी गर्ने

काठमाडौं, ४ फागुन । हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आइपीओ जारी गर्ने भएका छन् । आइपीओ जारी गर्नका लागि दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग निवेदन दिएकाे बताइएकाे छ । हिम रिभरले १०० रुपैयाँ अंकित दरमा १३ करोड ३० लाख रुपैयाँ बराबरकाे १३ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको छ । पियोर इनर्जीले १६ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको छ ।हिमको बिक्री प्रबन्धक सिद्धार्थ… पुरा पढौ

एनआईएमबी डिबेञ्चरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ४ फागुन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। बैंकले फागुन १ गतेदेखि १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको साे ऋणपत्र निष्काशन गरेकाे थियाे । प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ४ अर्ब ४ करोड बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गरिएकाे हाे। यसमा रुपैयाँ २ अर्ब ४२ करोड ४० लाख बराबरको २४ लाख २४ हजार कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । बाँकी रहने… पुरा पढौ

बागलुङ कालिका मन्दिरमा पाैने २ करोड भेटी सङ्कलन

बागलुङ, ४ फागुन । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको ७ महिनामा १ करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा १ करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ । मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी… पुरा पढौ

सुनको भाउमा रु ६ सयले बृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौं, ४ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५८… पुरा पढौ

आज गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाईँदै

गण्डकी, ४ फागुन । गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गरेका छन्। प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन्। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए । प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख… पुरा पढौ