मुख्य समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्याे

काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ। निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जनाएकाे हाे। निगमका अनुसार खाना पकाउन प्रयोग गरिने एलपी ग्यास र हवाई इन्धनको भाउमा परिवर्तन गरिएकाे छैन । आयल निगमले जारी गरेकाे नयाँ मूल्यसूची अनुसार पहिलो वर्गमा रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० कायम भएकाे छ । डिजेलको मूल्य १५७.५० रुपैयाँ रहेकाे छ । दोस्रो वर्गकम… पुरा पढौ

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा बदली, वर्षाको सम्भावना

काठमाडाैं, ४ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरुमा हुस्सु लागेको छ। फाल्गुन ०४ गते (शुक्रबार) दिउँसो: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  राती… पुरा पढौ

दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

गाईघाट (उदयपुर), ४ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताका छन् । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको सालिक अनावरण गर्दै सभामुख घिमिरेले उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे बताए। उदयपुरको माटोमा जन्मिएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उनले उल्लेख गरे। विसं २००७ मा राणा शासनविरुद्ध लडेका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा… पुरा पढौ

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन फागुन ५ र ६ गते राजधानीमा

काठमाडौं, ३ फागुन । बैंकको पुहँचमा नपुगेका विपन्न वर्गलाई सेवा दिने तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति बनाउने उद्देश्यले यही फागुन ५ र ६ गते राजधानीमा चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । सम्मेलनमा नियामक निकाय, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही, जनप्रतिनिधि गरी सात सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ । पुरा पढौ

अदालतद्वारा भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना

काठमाडाैं, ३ फागुन । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर गरेको छ ।  विशेष अदालतले गुरुङलाई २ वर्ष कैद र रूपैयाँ ८० लाख जरिवानाको सजाय सुनाएको हाे । ललिता निवास जग्गा प्रकरणमा गुरुङले गुरूगैरकानूनी रूपमा लाभ लिएको ठहर गर्दै  सजाय सुनाइएकाे हाे । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई सजाय सुनाएको हाे । पुरा पढौ

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने

काठमाडौं, ३ फागुन । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनले भनिन्, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन्।” परीक्षा हुने… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

काठमाण्डौ, ३ फागुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ लिमिटेडले कामनपा २२ पशुपति प्लाजा स्थित न्यूरोडमा रहेको शाखा आज फागुन ३ गते स्थानान्तरण गरि कामनपा २३ धर्मपथ, काठमाण्डौबाट आफ्नो वित्तीय कारोवार संचालन गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयको समुद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए । समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा शाखा प्रमुख अनिता न्यौपाने,… पुरा पढौ

नेप्सेमा १४.४६ अंकको गिरावट, ४ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, ३ फागुन । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ । एउटा बाहेक सूचकांकहरुमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६९ प्रतिशतले गिराट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७१ अंकले घटेर ३६८.५६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । अर्थात उत्पादन समूहमा मात्रै हरियो लागेको हो । बाँकी १२ उपसमूहहरु राताम्मै भएका छन् । कुल… पुरा पढौ

डिप्रोक्स लघुवित्तद्वारा ११‍.०४ प्रतिशत लाभांश वितरणकाे घाेषणा

काठमाडौं, ३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । संस्थाकाे आज बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेकाे हाे । बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ। साथै त्यसमा लाग्ने करकाे प्रयाेजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेकाे छ ।  लघुवित्तले घाेषणा गरेकाे लाभांश नेपाल राष्ट्र बैंककाे अनुमति र संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित… पुरा पढौ

उच्च शिक्षाका लागि नेपालबाट आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन्। भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए। “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना… पुरा पढौ