मुख्य समाचार

भ्यालेन्टाइन डे लक्षित फुड फेष्टिवल-सौराहाका होटल भरिभराउ

रत्ननगर (चितवन), २९ पुस । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित गरिएकाे फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् । मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् । सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो ।… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे ३ अर्बकाे काराेबार

काठमाडौं, २९ माघ । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसिदन नेप्से परिसूचक उकालोकाृ यात्रामा गएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३… पुरा पढौ

हिमालयन रि इन्स्योरेन्सको आम्दानी र खुद मुनाफा बढ्याे

काठमाडौं, २९ माघ । हिमालयन रि इन्स्योरेन्सको आम्दानी र खुद मुनाफा बढेकाे छ। कंपनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार आम्दानीमा करिब ९३ प्रतिशत र खुद नाफा करिब १०० प्रतिशत भएकाे देखिएकाे छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४६ करोड ९६ लाख ३२ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ६ लाख ६२ हजार मात्र आम्दानी गरेको थियाे। आम्दानी बढेसँगै खुद नाफा ९९.७३ प्रतिशतले बढेको छ… पुरा पढौ

पाथीभरामा केबलकार निर्माण गर्न जनप्रतिनिधिको माग

ताप्लेजुङ, २९ माघ। ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रसिद्ध शक्तिपीठ पाथीभरामा धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि बढाउनुपर्ने उनीहरुले बताएका हुन् । केबलकारसँगै यहाँ अन्य पर्यटकीय पूर्वाधार निर्माण भए आर्थिक रुपमा समग्र जिल्लालाई फाइदा पुग्ने यहाँका स्थानीय सरकारका प्रमुखहरुको धारणा छ । उनीहरुले पाथीभरामा केबलकार… पुरा पढौ

धरानकाे खानेपानी समस्या समाधानका लागि ५ अर्ब विनियोजन

धरान, २९ माघ । धरानकाे खानेपानी समस्या समाधानका लागि ५ अर्ब विनियोजन हुने भएकाे छ । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा ५ अर्ब विनियोजन गरिने बताएका हुन् । केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिए । मन्त्री राईले भने, “खानेपानीको सर्वेक्षण भइसकेको… पुरा पढौ

सहकारीका समस्या समाधानमा राज्यको भूमिका कमजोर

काठमाडौं, २९ माघ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा राज्य संयन्त्र र सहकारी अभियान दुवैका तर्फबाट पर्याप्त पहल नभएको धारणा सहकारीकर्मीले व्यक्त छन् । नियमित नियमन तथा सम्बद्ध पक्षसँग सहकार्य गर्नसके अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने धारणा उनीहरूको छ । बागमती प्रोस्कुनको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सेजोन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’का क्रममा सहकारीकर्मी तथा यस क्षेत्रका जानकारबाट यस्तो धारणा आएको हो । बागमती प्रदेश… पुरा पढौ

गण्डकी प्रदेशद्वारा घरबास अनुदानमा कडाइ

गण्डकी, २९ माघ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा प्रतिस्पर्धाका आधारमा प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिने मन्त्रालयका प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख दिनेशप्रकाश अर्यालले बताए। “एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्”, उनले भने, “६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा हल्का हिमपातको सम्भावना

काठमाडाैं, २९ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको जनाएकाे छ। देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। माघ २९ गते (सोमबार) दिउँसो: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको… पुरा पढौ

खराब कर्जा बढेपछि एनआईसी एसिया बैंक समस्यामा पर्ने सम्भावना

काठमाडौं, २९ माघ। पछिल्लो समय अस्वभाबिक रूपमा खराब कर्जा बढेपछि एनआईसी एसिया बैंक समस्यामा पर्ने सम्भावना देखिएकाे छ । चालु आर्थिक वर्षको ६ महिनाकाे अवघिमा बैंकको खराब कर्जा अत्याधिक रूपमा बढेकाे रिपाेर्टले देखाएकाे छ ।  यस अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट बृद्दि भइ १.१९ प्रतिशत पुगेको छ । वित्तीय बिबरण अनुसार बैंकले पुस मसान्तसम्म ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेकाे छ भने २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सो मध्ये ३ अर्ब ४८… पुरा पढौ

बैंकिङ कसुरमा ९ करोड बढी जरिवानासहित थापा पक्राउ

काठमाडौँ, २८ माघ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा ९ करोड ७ लाख ६ हजार ३ सय ७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ… पुरा पढौ