मुख्य समाचार

कम्प्युटर इन्जिनियरको चिया पसल

जनकपुरधाम, १ फागुन । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् । तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या… पुरा पढौ

एलआइसी नेपालको खुद मुनाफा ५९.७९ प्रतिशतले बढ्यो

काठमाडौं, १ फागुन। लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार खुद मुनाफा ५९.७९ प्रतिशतले बढेको छ। त्यस्तै खर्च १०.२६ प्रतिशतले घटेको छ । गत पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ६६ लाख २५ हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ८ करोड ५५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको ६ महिनामा कम्पनीको जम्मा खर्च १ अर्ब ४ करोड ७१ लाख ७८… पुरा पढौ

आइपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले माग्याे अनुमति

काठमाडौं, १ फागुन । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ प्रक्रियाले सेयर आइपीओ जारी गर्नका लागि सेबाेनसंग अनुमति मागेको छ । कम्पनीका अनुसार प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्रीमा ल्याउन सेबाेनसंग अनुमति मागिएकाे हाे । कम्पनीले रूपैयाँ ९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरकाे सेयर बिक्रीमा ल्याउने भएकाे हाे । यसअघि योग्य मानिएका संस्थागत लगानीकर्ताहरुमा बोलपत्र मागिएकाे थियो । उनीहरूले बेलकबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता रूपैयाँ ९१२ कायम गरिएकाे थियो… पुरा पढौ

आर्थिक सूचकमा सुधार, अर्थतन्त्र सकारात्मक : अर्थमन्त्री महत

काठमाडौं, १ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र विस्तारै सप्रिदै गएको बताएका छन्। चालू आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले सुधारका लागि सरकारले थालेका प्रयासले नतिजा दिन थालेको बताए । बजेट कार्यान्वयनको पहिलो छ महिनासम्मको समग्र स्थिति, कार्यान्वयनका क्रममा देखिएका समस्या, प्राप्त उपलब्धि तथा वित्त व्यवस्थापनमा देखिएका समस्यालाई समेटेर अर्थ मन्त्रालयले अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । “कोभिड–१९ को समयमा… पुरा पढौ

व्यक्तिगतभन्दा संस्थागत मुद्दतिको ब्याज १ प्रतिशतले कम हुनुपर्ने

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले मुद्दति निक्षेपको ब्याजदर तथा ब्याजदर ‘करिडोर’ कार्यान्वयनमा नयाँ व्यवस्था गरेको छ । “ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ”, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ, “संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।” कृषि, साना, घरेलु तथा… पुरा पढौ

उच्च पहाडी-हिमाली भागका हल्का हिमपातको सम्भावना

काठमाडाैं, १ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना… पुरा पढौ

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल

काठमाडौं, १ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताए । जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष… पुरा पढौ

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता

काठमाडौं, १ फागुन । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । कोषले जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । छ महिनाभित्र शेयर निष्काशन नभएमा सम्झौता स्वतः… पुरा पढौ

नेपालमा अझै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि

काठमाडौं, २९ माघ । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ । सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष… पुरा पढौ

बजेट खर्च नभएपछि सरकारले आकार घटायाे (पूर्णपाठ)

काठमाडौं, २९ माघ । नेपाल सरकारले चालु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको छ । सररकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेपछि संशोधन गरेको हाे । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरिएको जानकारी दिए । डा.महतले चालु वर्षमा सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने लक्ष्य लिएकाे थियो। वर्तमान स्थितिलाई अध्ययन गर्दा लक्ष्य अनुसार बजेटकाे खर्च नहुने देखिएकाेले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएक डा महतले बताए… पुरा पढौ