मुख्य समाचार

कोशी, बागमती र गण्डकीमा हल्का हिमपातको सम्भावना

काठमाडाैं, २ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशभर आंशिक देखि साधारणतया बदली रहको छ। फाल्गुन ०२ गते (बुधबार) दिउँसो : कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।… पुरा पढौ

मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत दमौली क्षेत्रका घर भत्काउन सुरु

दमौली (तनहुँ), २ फागुन । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना भत्काउन सुरु गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहेका स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताए । “आफूसँगै छिमेकी ज्योतिकुमार श्रेष्ठले पनि घर भत्काउन थाल्नुभएको छ । आइतबारको बैठकमा सडक विस्तारको कामलाई सहजीकरण गर्ने… पुरा पढौ

बजेट-पुससम्म रु पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च

काठमाडौं, १ फागुन । चालु आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म रु पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ । यो कूल विनियोजनको ३२ दशमलव ७५ प्रतिशत हुन आउँछ । यसलाई चालु, पूँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वर्गीकरण गर्दा ३८ दशमलव ८० प्रतिशत, १६ दशमलव ७० प्रतिशत र… पुरा पढौ

कमलामाईमा कोरिया-नेपाल मोडेल डेरी भिलेज उद्घाटन

सिन्धुली, १ फागुन । सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गरे। भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन… पुरा पढौ

सेयर बजार राताम्मै, ४ अर्ब ६४ करोडको कारोबार

काठमाडौं, १ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सेयर बजार राताम्यै भएको छ। कुल कारोबार रकम ठिकठिकै भएपनि सूचकांकहरुको घट्दो दृश्यले लगानीकर्ताको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको छ । नेप्सेमा १.४५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.९९ अंकले घटेर ३६९.९९ विन्दुमा रहेको छ । १३ उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ। उनीहरुको १ करोड २१ लाख ३… पुरा पढौ

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन सक्रिय छु: प्रधानमन्त्री

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सो कुरा बताए । भेटमा प्रधानमन्त्री दाहालले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या… पुरा पढौ

हेटौंडा सव स्टेसनको निर्माण अन्तिम चरणमा

काठमाडौं, १ फागुन । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन ४ सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००÷२२० केभी, २२०÷१३२ केभी र १३२÷११ केभी सवस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सवस्टेसनका उपकरणको जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेका छन् । सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति… पुरा पढौ

मुलुकको स्थायित्व र विकासका लागि कार्यकारी राष्ट्रपति आवश्यक छ : सांसद शाही

नेपालगञ्ज, १ फागुन । मुलुकको राजनीतिक प्रणालीका विषयमा नेकपा (माओवादी केन्द्र)ले संविधान लेखनका क्रममा आफ्नो दृष्टिकोण स्पष्ट गरेको थियो । अर्थात् मुलुकको स्थायित्व र विकासका लागि माओवादीले अघि सारेको कार्यकारी राष्ट्रपतिको व्यवस्था सही रहेको विषय अहिले पुष्टि हुँदै गएको छ । कम्तीमा पाँच वर्ष सत्ता सम्हाल्ने व्यवस्था जरुरी भइसकेको छ, यसबाट मात्र देशमा राजनीतिक स्थिरता आउँछ र देश बन्न सक्छ । अहिलेको अवस्थामा छ महिना, एक वर्ष वा दुई वर्ष पनि सरकार नटिक्ने स्थिति छ । आफैँले अघि सारेका दृष्टिकोण… पुरा पढौ

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छ : आइएमएफ

काठमाडौं, १ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ । टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ । टोली प्रमुख किण्डाले सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र… पुरा पढौ

नेपाल टेलिकमकाे खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घट्याे

काठमाडौं, १ फागुन । नेपाल टेलिकमकाे यसपटक खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेकाे छ । कमपनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी गएकाे वर्षकाेभन्दा घटेकाे हाे । पुस मसान्तसम्म कम्पनीले रुपैयाँ ३ अर्ब ९३ करोड १४ लाख नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ७.६० प्रतिशतले थाेरै हो। गएकाे वर्ष सोही अवधिमा कम्पनीले नाफा रुपैयाँ ४ अर्ब २५ करोड ४७ लाख थियो। कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशतले घटेकाे… पुरा पढौ