मुख्य समाचार

नेपालगञ्जबाट कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

नेपालगञ्ज, १६ माघ । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “याममा भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि… पुरा पढौ

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

काठमाडौं, १६ माघ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ । विसं २०१२ देखि नै तत्कालीन… पुरा पढौ

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं, १६ माघ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ देखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।… पुरा पढौ

तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरू

सिन्धुपाल्चोक, १६ माघ । लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । २०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको थियो । नेसनल हाइड्रोले बत्ती उत्पादनपश्चात् सरकारलाई रु ६२ करोड तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको तीन किलोमिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । विसं २०८२ सालभित्र निर्माण… पुरा पढौ

लगानी सम्मेलन अघि कानुन संशोधन गर्न कार्यदलकाे सुझाव

काठमाडौं, १५ माघ । आगामी वैशाख १६ र १७ गते आयोजना हुन गइरहेकाे तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न १ दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारी पाएका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो । मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले आज मुख्यसचिव डा। बैकुण्ठ अर्याललाई सुझाव पेश गरेको… पुरा पढौ

अब सङ्घीय सरकारले ३ करोडभन्दा कमका योजनामा लगानी गर्दैन : प्रधानमन्त्री दाहाल

पर्सा, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले ३ करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् । उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि रु तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घीय सरकारले लगानी गर्ने बताए । वीरगञ्जको नगरसभागृहमा आज आयोजना गरिएको प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाटन सभामा प्रधानमन्त्री दाहालले सबैको सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने… पुरा पढौ

नेप्से २१०४.७२ विन्दुमा उक्लियो, साढे ४ अर्बको कारोबार

काठमाडौं, १५ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा देखिएकाे सकारात्मक माहाेलले लगानीकर्ताहरूकाे मनाेबल बढेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा उक्लिएको छ । यसदिन नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले बढेर ३८१.०६ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३११ वटा कम्पनीहरुको सेयर… पुरा पढौ

स्टार्टअप कर्जा कार्यविधि जारी, यस्ताे छ प्रावधान्

काठमाडौं, १५ माघ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यविधि स्वीकृत गरेको हो । कम्पनी दर्ता भएको सात वर्ष भन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ । कुल चुक्ता पुँजी रू दुई लाखदेखि रू १० लाखसम्म भएको,… पुरा पढौ

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो : सांसद राठौर

नेपालगञ्ज, १५ माघ । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले अस्थिर सरकार बन्ने देखियो । संसदीय व्यवस्थालाई मजबुत बनाउनका लागि संसद्, सांसद र सरकारको भूमिकामा अलि फरकपन आउनुपर्छ । पार्टीले नै चुनाव लड्ने र पार्टीले नै प्रतिनिधि पठाउने ग¥यो भने जुन किसिमको विकृति देखिएको छ त्यसको न्यूनीकरण हुन्छ भन्ने मलाई लाग्छ । नेपालमा संसदीय… पुरा पढौ

वीरेन्द्रनगरमा फोहरबाट ऊर्जा र जैविक मल उत्पादन

कर्णाली, १५ माघ । वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ । वातावरणीय सरसफाइ र स्वच्छतासँग सम्बन्धित कर्णालीको पहिलो र एक मात्र उद्योगको रुपमा केपी व्यावसायिक प्रालिले सो प्लान्ट स्थापना गरेको हो । वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत पिपिरा निवासी कृष्णप्रसाद ढकालले स्थापना गरेको जर्मन प्रविधिमा आधारित यस प्लान्टमा वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन हुने गर्दछ ।… पुरा पढौ