मुख्य समाचार

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए। आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास… पुरा पढौ

एचआईडिसीएलको नाफामा ११.४७ प्रतिशतले बृद्धि

काठमाडाैं, १५ माघ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) काे नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही समयमाभन्दा बढेको हाे । कम्पनीले यस आर्थिक वर्षको पहिलो ६ महिनामा रूपैयाँ ७५ करोड २७ लाख खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही समयकाेभन्दा ११.४७ प्रतिशतले बढी हो। गएकाे वर्ष साेहि अवधिमा कम्पनीकाे नाफा रूपैयाँ ६७ करोड ५२ लाख रहेकाे थियो। कम्पनीको सञ्चालन… पुरा पढौ

सोमबार सुनचाँदी दुबैको भाउ बढ्यो

काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १८ रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १७ हजार… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशको मुद्राहरूको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

७१ मेगावाट क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी, १५ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए। उनले भने, “टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुरोध गरेका छौँ… पुरा पढौ

गुडविल फाइनान्सको साधारण सभा आज

काठमाडौं, १५ माघ । गुडविल फाइनान्सको साधारण सभा आज बस्दैछ । कम्पनीकाे यसअघि स्थगित भएकाे साधारण सभा आज माघ १५ गते गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।  फाइनान्सको साधारण सभामा लाभांश वितरणकाे एजेण्डा नभएपनि अन्य वित्तीय एजेण्डाहरूमा छलफल हुनेछ । साधारणा सभामा लागि फाइनान्सकाे पुस १८ गते बुक क्लाेज गरिएकाे थियाे । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण नगर्ने यसअघि नै जानकारी गराएकाे थियाे । सभामा भाग लिनका लागि पुस १७ गतेसम्म नेप्सेमा… पुरा पढौ

मिस्ट्री जलविद्युतको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चकाे परमादेश

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त जलविद्युत् आयोजनाका कारण म्यादीमा रहेको तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने उल्लेख गर्दै परमादेश दिएको हो । तातोपानी कुण्डको प्राकृतिक स्रोतलाई प्रत्यक्ष असर पर्ने गरी मिस्ट्री खोला २ जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन मिति २०७८ फागुन २२ गते र २०७९ साउन २३ गते प्रारम्भिक वातावरणीय परीक्षणलाई पनि अदालतले बदर… पुरा पढौ

‘नमेटिने घाउ’ को शुभमुहूर्त : एसिडपीडितको पीडा सबैको पीडा-अध्यक्ष ओली

काठमाडौं, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन्। एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने बताए। उनले जो कोहीले पनि सजिलै एसिड किन्न सक्ने रहेको र त्यसलाई रोक्नुपर्ने बताए। “एसिडको उपलब्धता नै हुनुहुँदैन, कसले एसिड किनेको हो, के प्रयोजनका लागि… पुरा पढौ

कोशी, बागमती, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

काठमाडाैं, १५ माघ । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो  लागेको छ। माघ १५ गते (सोमबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया… पुरा पढौ

प्रशिक्षण सञ्चालनका लागि ६ उद्योगसँग सम्झौता, विदेशिने क्रम कम हुने : मन्त्री रिजाल

काठमाडौं, १४ माघ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र परिसङ्घमार्फत कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी हुने उद्योगहरुबीच आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्झौता भएको हो । श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर उपयोग गर्न र रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्न सरकारले बजेट विनियोजन गरेको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि २०८० अनुसार… पुरा पढौ