मुख्य समाचार

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण-उपाध्यक्ष अर्याल

काठमाडौं, १४ माघ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताएकी छन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौंमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताइन्। नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको… पुरा पढौ

विकास निर्माण अनुगमन र मूल्याङ्कनका लागि कानुनी आधार आवश्यक छ : मन्त्री शर्मा

काठमाडौं, १४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताएकी छन् । अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ मा राज्यव्यवस्था तथा सुशासन समितिमा भएको सैद्धान्तिक छलफलमा उनले प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले अनुगमन तथा मूल्याङ्कनको कानुनी आधार प्रदान गर्न विधेयक ल्याइएको स्पष्ट पारिन्। राष्ट्रियसभामा उत्पत्ति भई मातहतको विषयगत समितिले आवश्यक संशोधन गरी सभामा पेश गरिएकामा त्यहाँबाट पारित भई विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पठाएको थियो ।… पुरा पढौ

संरक्षण क्षेत्रमै १३५ मेगावट जलविद्युत् आयोजना निर्माण हुँदै

मनाङ, १४ माघ । हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिए । यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने एक हजार आठ सय ३९ रुख काट्न र पोल… पुरा पढौ

नेप्सेमा १०.३७ अंकको बृद्धि, ४ अर्ब ८३ करोडको कारोबार

काठमाडौं, १४ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले बढेर ३८०.२० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३०६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्डकाे निर्माण अन्तिम चरणमा

चितवन, १४ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर गरिएकाे भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर… पुरा पढौ

पोखरामा ट्याक्सीको भाडामा मनोमानी, यात्रुहरू मर्कामा

गण्डकी, १४ माघ । गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनी विरौटाबाट ट्याक्सी चढे । नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लनुभएका प्रदेशसभा सदस्य अर्याललाई ट्याक्सी चालकले ५ सय भाडा मागे । ट्याक्सीमा आवतजावत गर्नुपर्दा सधैँ ४ सय तिरिरहेका उनी ट्याक्सी चालकले भनेजति भाडा दिन तयार भएननन् । प्रदेशसभा सदस्य अर्यालले आफू सधैं ४ सय तिरेर विरौटाबाट आउने गरेको बताएपछि ट्याक्सी चालक त्यति… पुरा पढौ

वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि तालिम

बाँके, १४ माघ । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्वारा सातदिने तालिम दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए। तालिमको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख चुस्तदुरुस्त हुनुपर्ने भन्दै राम्रो काम गर्नेलाई सम्मान र हिनामिनासहितको गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए। उनले सहकारी सुधारका लागि अनुगमनलाई… पुरा पढौ

सङ्घीय सरकारको भूमिका सशक्त हुनुपर्छ : सांसद परियार

काठमाडौं, १४ माघ । पछिल्लो एक वर्षको संसदीय अभ्यासलाई नियाल्दा सरकारले अगाडि सारेका कानुनका सन्दर्भमा धेरै छलफल, बहसभन्दा पनि संसद् अवरुद्धका कारण बढी समय खर्चिनुपर्ने स्थिति खडा भयो । संसद्बाट कानुन निर्माणदेखि जनताका समस्या सम्बोधनमा अपेक्षाअनुरुप भूमिका निर्वाह गर्न सकेनौँ । अघिल्लो अधिवेशनमा संसद्लाई प्रभावकारीरूपमा सञ्चालन गर्न नसकेको महसुस भएको छ । संसद्मा पुगिसकेपछि मुलुकमा कस्ता–कस्ता कानुन आवश्यक छन् भन्नेबारेमा पनि हामीले छलफल गर्ने थलोका रूपमा संसद्लाई प्रयोग गर्ने गरेका छौँ । सरकारलाई आवश्यक पर्ने कानुन के–के हुन् भन्ने सन्दर्भमा… पुरा पढौ

१ अर्बको लागतमा ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण

काठमाडौं, १४ माघ । सरकारले करिब १ अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र निर्माण गरेको हो । आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले प्रत्येक पालिकामा करिब रु तीन करोडको लागतमा निर्माण गरिएको अत्याधुनिक प्रविधि तथा सुविधासम्पन्न ती केन्द्र चालु आर्थिक वर्षभित्र सम्बन्धित पालिकालाई हस्तान्तरण गर्ने जानकारी दिए। उनले आगामी आर्थिक वर्षदेखि थप १० पालिकामा केन्द्र निर्माण गरिने योजना रहेको बताए… पुरा पढौ

अरुण भ्याली हाइड्रोपावरकाे बुक क्लाेज भाेलि

काठमाडौं, १४ माघ । अरुण भ्याली हाइड्रोपावर कम्पनीकाे माघ १५ गते साेमबार बुक क्लोज हुने भएकाे छ । कम्पनीकाे शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन चाहनेले आजसम्म सेयर काराेबार गरेकाे हुनुपर्ने बताइएकाे छ। कप्पनीले जारी गर्ने शतप्रतिशत हकप्रद सेयरका लागि सेयरधनीहरूले आज माघ १४ गतेसम्म नेप्सेमा सेयर कराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनी मात्रै साे सेयरका लागि आवेदन दिन याेग्य हुनेछन् । कप्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ बराबर १ काे रेसियाेमा रूपैयाँ १ करोड ८६ लाख… पुरा पढौ