मुख्य समाचार

अपि पावर लिमिटेडले अर्को वर्ष १० प्रतिशत भन्दा बढि लाभांश दिने   

काठमाडाैं, २८ पुस । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो।  साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९ /०८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ।  लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७९ / ०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गर्दै पारित भएको छ। सभाले आर्थिक वर्ष २०८० /०८१का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरिएको छ।  कम्पनीले नयाँ… पुरा पढौ

समुदायमा उत्प्रेरणा सहितको सकारात्मक परिवर्तनको संवाहक बन्दैछ लायन्स  

काठमाडाैं, २८ पुस। विश्वव्यापी परोपकारको यात्रामा लायन्स एउटा आशा र सेवाको ज्योतिको रूपमा उभिएको छ। विशेष गरी अल्पविकसित देशहरूमा लायन्सले समुदाय, युवा र मानवता मार्फत सशक्तिकरणको संजाल बुन्दै आएको छ । लायन्स क्लब इन्टरनेशनल, एक विश्वव्यापी सेवामुलक सामाजिक संस्था हो । जसले सकारात्मक परिवर्तनलाई बढावा दिन र व्यक्ति र समाज ले सामना गरिरहेका अद्वितीय चुनौतीहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यस लेखले सामुदायिक विकास, युवा संलग्नता, र स्रोतहरूको अभाव भएका क्षेत्रहरूमा मानवताको सुधारमा लायनिजमको  बहुआयामिक प्रभावको अन्वेषण गर्दछ। साथै… पुरा पढौ

चालु आवकाे ३ महिनामा जिडिपीमा ३‍‍.२ प्रतिशतको वृद्धि

काठमाडौं, २७ पुस । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो । “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ । उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा… पुरा पढौ

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

म्याग्दी, २७ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ । राहुघाटको प्रवद्र्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड रहेकाे छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो । झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात… पुरा पढौ

एनएमबि बैंकको अध्यक्षमा मनोज गोयल चयन

काठमाडौँ, २७ पुस । एनएमबि बैंक लिमिटेडकाे संचालक समितिकाे अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन् । हिजाे बिहिबार काठमाण्डौंमा सम्पन्न बैककाे २८औँ वार्षिक साधारणसभाबाट गाेयल अध्यक्षमा चयन भएका हुन् । यस अघि बैककाे अध्यक्षमा पवन गाेल्यान थिए । बैंककाे सञ्चालक समितिमा जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । बैंकको एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरीएकाे जनाइएकाे छ । बैंकको… पुरा पढौ

डेडिकेटेड ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरी महसुल नतिर्ने उद्योगहरुकाे काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं, २७ पुस । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति हाललाइ जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले प्राधिकरण र उद्योगीबीचको महसुल बक्यौताको विवाद समाधानका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपाल… पुरा पढौ

यसपटक बागलुङमा २० करोडको सुन्तला उत्पादन

गलकोट (बागलुङ), २७ पुस । बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला… पुरा पढौ

मेलम्चीको पानी ४ दिनपछि काठमाडौं आउने

काठमाडौं, २७ पुस । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको ४ दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। उनले भने, “निर्माण व्यवसायीको… पुरा पढौ

जनतासँग जनप्रतिनिधिको सहज पहुँच हुनुपर्छ: सांसद मण्डल

काठमाडौं, २७ पुस । राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ । संविधानसभा सदस्य हुँदा संविधानलाई समावेशी बनाउने सन्दर्भमा दिनरात नभनी चापाचापमा काम गरियो भने अहिले हामी त्यही संविधानमा समावेश गर्न छुटेका र बाझिएका प्रावधान र कानुन मिलाउने काम गरिरहेका छौँ । अहिले संसद्को अधिवेशन नभएकाले ‘मिनी पार्लियामेन्ट’ संसदीय समितिमा सरकारले अघि बढाएका शिक्षा र स्वास्थ्यलगायत विषयका विधेयकलाई सरोकारवालासँग छलफल गरी संशोधनका माध्यमबाट समृद्ध… पुरा पढौ

बिदेशी मुद्रा भित्रिने क्रम बढ्याे, शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड माथी

काठमाडौं, २७ पुस । मुलुकबाट बाहिरने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति रू दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता रू… पुरा पढौ