मुख्य समाचार

डेडिकेटेड र ट्रङ्कलाइन विवादः प्रशासकीय पुनरावलोकनमा जानु उपयुक्त

काठमाडौं, १६ पुस । विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी राख्नुपर्नेछ । प्राधिकरणले छुट विलिङ भन्दै डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका औद्योगिक ग्राहकलाई पत्राचार गरेपछि त्यसविरुद्ध उद्योगीहरु अदालत गएका थिए । अदालतले प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली र विद्युत् वितरण विनियमावलीमा विलिङलगायतका नियमावली बमोजिम… पुरा पढौ

बालकुमारी घटनामा कमजोरी देखियाे: गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १६ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन्। प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाए। घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी भएको थियो भनेर छलफल गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । “रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले… पुरा पढौ

गरिमा विकास बैंकको बुक क्लोज भोलि

काठमाडौं, १६ पुस । गरिमा विकास बैंकले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबारबाट शेयरधनी किताव बन्द (बुक क्लोज) गर्ने भएकाे छ । उक्त साधारणसभामा शेयरधनीका हिसाबले भाग लिन चाहेमा आजसम्म बैककाे शेयरधनी भएको हुनुपर्ने बताइएकाे छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको विकास बैंकले पुस २९ गते पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनससेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश… पुरा पढौ

बाहिर भन्ने र संसदमा गर्ने कार्य फरक देखियो : नेत्री सुब्बा

काठमाडौं, १६ पुस । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन नसकिएको प्रतिक्रिया दिएकी छन् । उनले विधायकी जिम्मेवारीमा आउनुअघि आफूले “सांसद विकासको पनि संवाहक हो”, भन्ने बुझेकामा कानुन र विधि निर्माणमा मात्रै खुम्चन परेपछि जेजस्तो अपेक्षा र उत्साह थियो त्यो कायम नरहेको अनुभव सुनाइन। ‘सांसदसँग रासस संवाद’मा नेत्री सुब्बाले भनिन्, “कानुन… पुरा पढौ

अंग्रेजी नयाँ वर्षमा भक्तपुरमा बढ्याे पर्यटककाे चहलपहल

भक्तपुर, १६ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटलहरू आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित देखिएका छन् । कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । अङ्ग्रेजी नयाँ वर्र्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटक नगरकोट पुगेका छन् । आइतबार राति बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने… पुरा पढौ

घलेम्दी हाइड्रोकाे हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, १६ पुस । घलेम्दी हाइड्रो लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज साेमबार अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन गरेकाे थियाे । कम्पनीका अनुसार हाल कायम रहेकाे १ कित्ता बराबर नयाँ २ कित्ता सेयर जारि गरिएकाे थियाे । अर्थात कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड १० लाख कित्ता हकप्रद जारि गरेकाे हाे । कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि कात्तिक ३ गते बुकक्लोज गरेकाे थियो। आवेदन दिनका… पुरा पढौ

चितवनको इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव

मुग्लिन, १६ पुस । चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले भने, “महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था… पुरा पढौ

सन् २०२३ लाई फर्केर हेर्दा…

काठमाडौं, १५ पुस । अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल ग¥यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ । -अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड यो बर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले… पुरा पढौ

हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न मन्त्री किरातीकाे निर्देशन

काठमाडौं, १५ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएका छन्। मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे। उहाँले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन… पुरा पढौ

विधिमा सञ्चालित सहकारीमा सङ्कट पर्दैन : सांसद श्रेष्ठ

काठमाडौं, १५ पुस । सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय एकै घरका सदस्य सञ्चालक रहेका र अपारदर्शी ढङ्गबाट सञ्चालित सहकारीमा धेरै समस्या देखिएका छन् भने। उनले भने, “पछिल्लो समय पारिवारिक सहकारीका कारण समस्या देखिएको हो, यस्ता सहकारीलाई राज्यले नीति र विधिभित्र ल्याउनुपर्दछ । एउटा सहकारीको समस्यालाई देखाएर सबै सहकारी उस्तै… पुरा पढौ