मुख्य समाचार

२३ बर्षदेखि मौरीपालनबाट मनग्य आम्दानी गर्दै दीपकुमार

घोराही (दाङ), १७ पुस । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताए। व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको दुई दशक बढी भयो । उनले भने, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहेको छ । यसमा घरपरिवारको पनि सहयोग रहेको छ ।” मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी… पुरा पढौ

विन्ध्यवासिनी हाईड्रोपावरले पाैष २६ मा बाेलायाे साधारण सभा

काठमाडाैं,१७ पुस । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडेको वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । उक्त साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत लाभाश वितरण गर्ने कम्पनीले बताएको छ । साथै उक्त सभामा आर्थिक वर्ष २०८९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गरिनेछ । सभामा भाग लिन चाहने शेयरधनीले विहान ९ बजेभित्र सभाहलमा प्रवेश गसिरसक्नु पर्नेछ । साथै आफ्नो परिचय खुल्ने प्रमाणपत्र लिएर आउनुपर्ने कम्पनीले… पुरा पढौ

९० हजार विदेशी पर्यटकले गरे मुस्ताङकाे भ्रमण

म्याग्दी, १७ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा १ वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३ सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए। “राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार… पुरा पढौ

लुम्बिनी, गरिमा विकास बैंक र छिमेक लघुवित्तकाे सेयरमूल्य समायोजन

काठमाडाैं, १७ पुस । दुईवटा बिकास बैंक तथा एक लघु वित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएकाे नेप्सेले जनाएकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तीनवटै कम्पनीहरुले बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो। लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस समाजाेन भएकाे छ । गरिमा विकास बैंकको ९.५० प्रतिशत तथा छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ… पुरा पढौ

देशमा विदेशी मुद्राकाे सञ्चिति बढ्यो, मुद्रास्फिर्ति घट्याे

काठमाडौं, १७ पुस । हाल नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति बढेको पाइएकाे छ। साथै मुद्रास्फिर्ति घटेको छ । रेटिङ एजेन्सी केयर रेटिङका अनुसार सन् २०२३ मा विश्वभर वस्तुको मूल्य घट्दा नेपालमा पनि मुद्रास्फिर्ति घटेको जनाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति आयातमा भएकाे कमीले बढेको हो । केयर रेटिङले प्रकाशन गरेकाे तथ्यांक अनुसार गत नोभेम्बरसम्म विदेशी मुद्रा सञ्चिति १२ अर्ब ८० करोड डलर पुगेको थियाे । गत जुलाईमा ११ अर्ब ७० करोड डलर थियो । मुद्रस्फीति ५.४ प्रतिशतले बढेको छ… पुरा पढौ

बजार मागमा अपेक्षित सुधार हुन सकेन : सिएनआइ

काठमाडौं, १७ पुस । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसङ्घ (सिएनआइ) को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ । पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको छ । उपभोक्ता बजार मागमा देखिएको सङ्कुचनमा अपेक्षित सुधार हुने नसकेको परिसङ्घको अध्ययनले देखाएको हो । परिसङ्घले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा… पुरा पढौ

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री डा महत

मोरङ, १७ पुस । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिएका छन् । मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३ समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्र मैत्री रहेकाले सम्झौता भएको छ कि छैन सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताए। अर्थमन्त्री डा महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग… पुरा पढौ

१६औं योजनालाई संक्षिप्त र कार्यान्वयन योग्य बनाउँछौं : उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडाैं, १६ पुस । वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेकाे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्दै यो अवधिमा सुशासन, समृद्धि र आर्थिक विकासका भइरहेका पहल र प्रयास पर्याप्त नरहेको बताएका थिए । नागरिकले सोचेअनुरुपको काम सरकारबाट हुन नसक्नुमा विद्यमान कानुनी र संरचनात्मक व्यवस्थामा रहेका अड्चनलाई इङ्कित गर्दै प्रधानमन्त्री दाहालले ती व्यवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेकोसमेत उल्लेख गरे। विकासको विद्यमान ढाँचा र कार्यशैलीमा परिवर्तन गर्ने र सही ठाउँमा सही व्यक्तिलाई जिम्मेवारी दिएर नतिजामुखी काम गर्ने उद्घोष… पुरा पढौ

विद्युत् व्यापार सम्बन्धी सम्झौता बिषयमा पूर्वाधार समितिद्वारा ऊर्जा मन्त्रीकाे जवाफ माग

काठमाडौं, १६ पुस । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल–भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ । समितिको आजको बैठकमा सदस्यले उक्त सम्झौतालगायतका विषयमा पटक–पटक पत्राचार गरी जानकारी माग गरेकामा जवाफ प्राप्त नभएको जनाउँदै आगामी बैठकमा मन्त्रीलाई नै आमन्त्रण गर्न सुझाव दिए । उद्योग, व्यपार र अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले प्राथमिकता र चासोका रुपमा रहेको विद्युत् विकाससम्बन्धी विधेयकलाई चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा सदस्यहरुले जोड दिए। सदस्यहरुको सुझावका आधारमा समितिले विद्युत्सम्बन्धी डेडिकेटेड र ट्रङ्क लाइनका विषयमा उठेका… पुरा पढौ

नेप्सेमा ८.७५ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

काठमाडौं, १६ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सार्वजनिक बिदापछि खुलेको पहिलो काराेबार भएकाे दिनमै नेप्से ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको छ । नेप्सेमा ०.४२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेर ३८३.०७ विन्दुमा रहेकाे छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेको ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको… पुरा पढौ