मुख्य समाचार

बुधबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो लगायतका अन्य केहि देशहरूको मुद्राको भाउमा थपघट भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय… पुरा पढौ

जीवन विकास लघुवित्त, युनिभर्सल र कालिका पावरकाे सेयरमूल्य समायोजन

काठमाडाैं, १८ पुस । जीवन विकास लघुवित्त, युनिभर्सल पावर कम्पनी र कालिका पावर कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि यी कम्पनीहरुले बुकक्लोज गरेपछि नेप्सेले कम्पनीहरूकाे अघिल्लाे दिनकाे काराेबारकाे आधारमा नयाँ मूल्य निर्धारण गरेकाे हाे । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस समायाेजन भएकाे छ । युनिभर्सल पावरको ८.५५ प्रतिशत तथा कालिका पावरको १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । मूल्य समायाेजन गरिएपछि जीवन विकासको सेयरमूल्य १ हजार ३२२ रुपैयाँ… पुरा पढौ

यी सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, १८ पुस । आज पुस महिनाकाे १८ गते सेयर लगानीकर्ताहरूका लागि ७ कम्पनीहरूकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । साधारणा सभा तथा लाभांश वितरण प्रयोजनका लागि नेपाल टेलिकम, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले बिहिबार बुकक्लोज गर्ने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ । लगानीकर्ताहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू… पुरा पढौ

रोङमा व्यावसायिक मौरीपालनकाे अभियान जारी

इलाम, १८ पुस । इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गर्नुभएका उहाँले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए। “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडाैं, १८ पुस । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ । पुस १८ गते (बुधबार) दिउँसो: कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी… पुरा पढौ

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

काठमाडौं, १८ पुस । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनी,आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरेन्स किन परे कारबाहीमा ?

काठमाडाैं, १७ पुस । नेपाली बीमा प्राधिकरणले ३ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। कारबाही पर्ने बीमा कंपनीहरूमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन । उनिहरूलाइ जनही २ लाख नगद जरिवाना सहित कारबाही गरिएकाे बताइएकाे छ । कंपनीकाे स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, आम्दानीको स्रोत नखुलाई बीमा गरेर सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा समस्या पाइएको जस्ता कैफियत भेटिएको प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरण सञ्चालक… पुरा पढौ

कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, १७ पुस । कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा आज काठमाण्डौंमा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित भएकाे छ । उक्त साधारणसभाले आ.व. २०८०÷०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षण बि.आर… पुरा पढौ

मध्यपुर थिमि नगरपालिकाकाे ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ २० वर्षदेखि अलपत्र

भक्तपुर, १७ पुस । मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अघि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् । तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्त सम्ममा सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो । कमेरोटार… पुरा पढौ

नेप्सेमा ३०.०५ अंकको गिरावट, करिब साढे ४ अर्बको कारोबार

काठमाडौं, १७ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा नकारात्मक लय देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको छ । नेप्सेमा १.४५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.५४ अंकले घटेर ३८०.५३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये सबैमा रातो लागेको छ। यसदिन कुल ३०५ कम्पनीहरुको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ४४ करोड ६ लाख ५९ हजार ९२२ रुपैयाँ ७३ पैसा बराबरको… पुरा पढौ