मुख्य समाचार

नबिल बैंककाे डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३ पुस । नबिल बैंकले जारी गरेकाे ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने भएकाे छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन पाउनेछन्। बैंकले मंसिर २९ गते देखि प्रतिइकाई १ हजार रुपैयाँको दरकाे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रकाे बिक्रीका लागि खुल्ला गरेको थियाे ।   यसमा बैंकले १८ लाख इकाई व्यक्तिगत रुपमा विभन्न संघसंस्थालाई बिक्री गर्ने भएकाे छ। बाँकी रहने १२ लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । यसबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे… पुरा पढौ

मंगलबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भउा पनि बढेको छ । यसका साथै अन्य देशको मुद्राको भाउमा पनि घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको… पुरा पढौ

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौ, ३ पुस । मङ्सिर २८ गतेदेखि सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो । मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो । हस्तकलाका वस्तुका… पुरा पढौ

भूकम्प प्रभावितलाई १ अर्ब निकासा, ९३ करोड पठाइयाे

काठमाडौं, ३ पुस । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये रु ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै रकम पठाएका हौँ ।” उनले यसअघि पनि सकेसम्म छिटो… पुरा पढौ

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य वृद्धि गर्न सम्झौता

काठमाडौं, ३ पुस । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरे। समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै याे सम्झौताले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गरे। दुवै पक्षबीच एकआपसमा रहेको ज्ञान र अनुभवका… पुरा पढौ

सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए। निरीक्षणपछि प्रधानमन्त्रीले भने, “हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।” गिटी, बालुवा ढुङ्गा, विद्युत्का सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन मन्त्री किरातीकाे निर्देशन

काठमाडौं, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा… पुरा पढौ

नेप्सेमा ३८.१४ अंककाे बृद्धि, करिब ७ अर्बकाे काराेबार

काठमाडौं, २ पुस । लगातार नेप्से उकालोको यात्रामा गएको छ । यसले अर्थबजार सकारात्मक लयमा जान लागेको आकलन गरिएको छ भने लगानीकर्ताहरुमा उत्साहित बनाएकाे छ । साताको सेयर कारोबार हुने आज सोमबार दोश्रो दिन हो । एउटा उपसमूह बाहेक बाँकी १२ वटैमा हरियो लाग्नुले लगानीकर्ताहरुको मनोबल उच्च बनाएकाे सहजै थाहा पाउन सकिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.५६ अंकले बढेर ३९०.६३ विन्दुमा रहेको… पुरा पढौ

सांसदले आफ्नो दायित्व बोध गर्न सकेनन् : सांसद दाहाल

काठमाडौं, २ पुस । “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भने, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।” यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उनको भनाइ छ । संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उनको… पुरा पढौ

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु

जलेश्वर(महोत्तरी), २ पुस । विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ । त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिनदेखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् । मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरुले पनि… पुरा पढौ